६ माघ २०८१, आईतवार
,
Latest
अदालतको आदेश: राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुला राष्ट्रिय परिचयपत्र विरुद्धको रिट खारेज सकिएन छविलाल जोशीको थुनछेक बहस, प्रहरीको जिम्मा लगाउने आदेश संयुक्त समितिमा सांसदहरुः ‘पुँजीगत खर्च न्युन हुनुमा दोषि को हो?’ जिल्ला अस्पताल अछाममा कम्बल वितरण अन्ततः वामदेव एमालेमै फर्किने सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरुमा चल्यो डोजर २६ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम रु छ अर्बभन्दा बढी युद्धविराम सुरुः हमासद्वारा आइतबार रिहा हुने तीन बन्धकको नाम सार्वजनिक चार उपाध्यक्षसहित बहुमत केन्द्रीय कमिटी सदस्य वामदेवबाट छुट्टिए, माओवादीसँग एकताको लागि समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसमक्ष भारतीय राजदूतबाट प्रमाणपत्र पेश



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

आजै राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँले हालै प्रधानमन्त्री देउवाको भारत भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याएको बताउँदै भारत–नेपाल सम्बन्धलाई अझ सुमधुर बनाउन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।