• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल ★   महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध ★   आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ: अर्थमन्त्री पुन ★   करेन्ट लागेकालाई बचाउन खोज्नेको मृत्यु, अर्का घाइते

रोट्र्याक्ट कलब अफ भिमादबाट दुई विद्यार्थीलाई छात्रवृति प्रदान



तनहुँ । रोट्र्याक्ट कलब अफ भिमादका अध्यक्ष दिपेन्द्र भण्डारी बिहीबारदेखि आफ्नो कार्यकालबाट बिदा भएका छन् ।

आफ्नो कार्यकालमा विभिन्न कार्यक्रमहरु गर्दै आएका भण्डारीले आफू जिम्मेवारीबाट बाहिरिँदा सामुदायिक विद्यालयमा अध्ययनरत २ विद्यार्थीलाई छात्रवृति प्रदान समेत गरे ।

अध्यक्ष भण्डारीले यस अघिनै घोषणा गरेको २ विद्यार्थी रोट्र्याक्टको दरमियन अभियान अन्तर्गत श्री धर्म माध्यामिक विद्यालयका २ जना विद्यार्थीलाई बिहिवार छात्रवृति प्रदान गरेका हुन् ।

अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा हरेक वर्ष एक विधार्थी मेरो जिम्मेवारी र १ विधार्थी रोट्र्याक्टको जिम्मेवारी भनेर पनि घोषणा गरेका थिए । सोही अनुसार उनले कक्षा ५ का छात्रा भावना राई र कक्षा ७ का छात्र दर्शन खड्‌कालाई एक वर्षभरि विद्यालयमा लाग्ने सम्पूर्ण आन्तरिक शुल्क , पोशाक, शैक्षिक सामग्री र झोला सहित छात्रवृति प्रदान गरेका हुन् ।

कार्याक्रममा अध्यक्ष भण्डारीले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा अति विपन्न विद्यार्थीलाई प्रोत्साहन गर्ने हेतुले यस अभियानमा आफू लगाएत क्लब जोडिएको बताए ।

सो कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सोमप्रसाद सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष सूर्यप्रसाद तिम्सिना, विद्यालयका प्रध्यानध्यापक कृष्णराज भण्डारी, विद्यालयका शिक्षक शिक्षिका, विद्यालयका विद्यार्थीहरू साथै यस क्लबका उपाध्यक्ष प्रकाश लम्साल, कोषाध्यक्ष अनिल शर्मा, सीएसडी सुमन रतन, मिडिया कोअर्डीनेटर उज्वल सुवेदी र क्लबका अन्य सदस्यहरू सहभागि थिए ।

विद्यालय व्यवस्थापक सामितिका अध्यक्ष , विद्यालयका प्रधानध्यापक लगायतले सो विद्यालय छनोट गरी छात्रवृति प्रदान गरेकोमा क्लबको प्रशांसा गगरेका थिए ।

कार्यक्रमको सञ्चालन वर्ष २०२२/०२३ का अध्यक्ष विनोद पराजुलीले गरेका थिए ।