१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’

पश्चिमा शक्तिराष्ट्रहरुको चेपुवामा चिनियाँ अर्थतन्त्र

पश्चिमा शक्तिराष्ट्रहरुको चेपुवामा चिनियाँ अर्थतन्त्र
अ अ+ अ-

जर्ज म्याग्नस

george magnus

जर्ज म्याग्नस

अक्सफोर्डः तीन दशकभन्दा बढी समयदेखि विश्व अर्थतन्त्रलाई बेलगाम एकीकरण र अभूतपूर्व अन्तरनिर्भरताद्वारा परिभाषित गरिएको थियो। न त राजनीतिक विवाद वा स्थानीय युद्धले भूमण्डलीकरणको रेललाई सुस्त बनाउन सक्थ्यो। बजारहरू बजार थिए, व्यवसायहरु व्यवसाय थिए, र बहुराष्ट्रिय फर्महरू अधिक बहुराष्ट्रिय भएका थिए । अब त्यस्तो देखिन्न ।

चीन र पश्चिमा मुलुक बीचको रणनीतिक प्रतिस्पर्धाको यो नयाँ युगमा सहयात्राको सम्भावना क्षिण हुँदैछ । यस प्रवृत्तिले आर्थिक वृद्धिमा बाधा पुर्‍याउने, व्यापार लागत (आपूर्ति-श्रृंखला पुनर्संरचना मार्फत) बढाउने र सबैका लागि मूल्य बढाउने भए तापनि सबैभन्दा बढी गुमाउने अर्थतन्त्र चीनको हुन सक्छ। भूमण्डलीकरणबिना जनवादी गणतन्त्र चीनको आजको समृद्धि र विकास सम्भव थिएन । अन्तर्राष्ट्रिय व्यापार, लगानी, र पूँजीबजार पहुँचले आर्थिक वृद्धि ल्यायो । ज्ञान हस्तान्तरण ( विद्यार्थीहरू, वैज्ञानिकहरू र विद्वानहरू बीचको पारस्परिक सहभागिता) ले प्राविधिक स्तरीकरणलाई सक्षम तुल्यायो।

बाहिरी संसारसँगको सम्बन्धले पनि चीनलाई सम्झौता र बौद्धिक सम्पत्ति कानून स्थापना र लागू गर्न सक्ने कानुनी प्रणाली लागू गर्न बाध्य बनायो। र चीनको आर्थिक शक्तिको विस्तारले देशलाई विदेशमा शक्ति देखाउन सक्षम बनायो। तर, हालका वर्षहरूमा, भूमण्डलीकरणलाई रेखांकित गर्ने खुलापनले भूराजनीतिक रूपमा केन्द्रित र अर्काको अस्तित्व अस्वीकार गर्ने धारणाका लागि मलजल गरेको छ । अन्तर्राष्ट्रिय वाणिज्य र वित्त बढ्दो रूपमा राष्ट्रिय-सुरक्षा विचारहरूबाट जकडिएको छ । निर्यात नियन्त्रण, कम्पनीहरूको कालोसूची, र संवेदनशील क्षेत्रहरूमा बजार पहुँचमा प्रतिबन्धहरू, जस्तै केही अत्याधुनिक प्रविधिहरू, सामान्य झैं भइसकेको छ ।

चीन-अमेरिकी प्रतिद्वन्द्विताले यो परिवर्तनलाई प्रतिबिम्बित र गति दिएको छ। संयुक्त राज्य अमेरिकाले आयात, निर्यात र लगानीमा प्रतिबन्ध सहित चीनलाई नियन्त्रणमा राख्न विभिन्न उपायहरू अवलम्बन गरेको छ र दर्जनौं चिनियाँ कम्पनीहरूलाई शंकास्पद भन्दै सूचीकृत गरेको छ । अन्य देशहरूले पनि चिनियाँ लगानीमाथि निगरानी बढाएका छन् र चीनसँगको व्यापारिक आदानप्रदानमा केही प्रकारको प्रतिबन्ध लगाएका छन्। सिनजियाङ र हङकङमा चीनले मानवअधिकार उल्लङ्घन गरेको पश्चिमा शक्तिको आरोप छ ।

चीनले सहकार्यको प्रक्रिया आफैं प्रारम्भ नगरेको हुन सक्छ, तर यो समस्या बुझेरै चीन अगाडि बढिरहेको प्रतीत हुन्छ । युक्रेनमा रुसको युद्धको निन्दा गर्न अस्वीकार गरेपछि चीनसँग अमेरिका र पश्चिमा मुलुकको सम्बन्ध केहि चिसिएको छ । र यसबाट अहिले विश्व व्यवस्थालाई चुनौती उत्पन्न पनि भएको छ । प्रतिशोधात्मक प्रतिबन्ध र करबृद्धि खेपिरहेको चीनले उच्च राज्य-केन्द्रित र संरक्षणवादी औद्योगिक नीतिहरू मार्फत उन्नत प्रविधि र विज्ञानमा आत्मनिर्भर बन्ने प्रयासहरू अघि बढाइरहेको छ। यसको लक्ष्य चीनको अर्थतन्त्रलाई प्रतिबन्धहरुसँग मुकाबिला गर्न सक्ने बनाउनु हो, विशेष गरी यसको आपूर्ति श्रृंखलालाई अमेरिकीकरणको जालोबाट बाहिर ल्याउनु हो ।

यो कति हदसम्म सम्भव छ, यकिनका साथ भन्न असम्भव छ। तर आत्मनिर्भरता हासिल गर्ने चीनको प्रयास पक्कै पनि सफल होला भन्न सकिन्न । दी इकोनोमिस्टले फेब्रुअरीमा प्रकाशन गरेको समाचार झैं चीनले लामो र जटिल क्षेत्रहरूमा आपूर्ति शृंखला कायम राख्न सबैभन्दा बढी संघर्ष गरिरहेको छ, जस्तै कोभिड भ्याक्सिन, एग्रोकेमिकल्स, कम्प्युटर अपरेटिङ सिस्टम, र भुक्तानी प्रणालीहरू।

चीनले अरबौं डलर लगानी गरे पनि चीन सेमीकन्डक्टरहरूमा विदेशी आपूर्तिकर्ताहरूमा निर्भर रहेको छ। त्यसैगरी चीन एरोस्पेस र अटोमोबाइलमा आफ्नो विदेशी निर्भरता तोड्न असफल भएको छ। र अमेरिकी डलरमा आधारित वित्त र भुक्तानी प्रणालीहरूको विकल्पमा रेन्मिन्बी-आधारित (चिनियाँ मुद्रा) भुक्तानी प्रणाली विकास गर्ने प्रयासहरूले अझै पनि आकर्षण हासिल गर्न सकेको छैन।

आत्मनिर्भरताको लागि चीनको प्रयास असफल मात्र होइन, यो उल्टो बाटो हुन सक्छ। द इकोनोमिस्ट प्रतिवेदनले औंल्याएझैं चिनियाँ कम्पनीहरू विदेशी प्रतिस्पर्धा र विशेषज्ञताबाट अलग हुँदा तिनीहरूको क्षमता खुम्चिन्छ।

प्रतिकूल आर्थिक परिणामहरूको बावजुद, हामीले भूराजनीति-संचालित अलगाव (विच्छेदन) जारी रहने सम्भावनालाई स्वीकार गर्नुपर्छ। चीनले वैकल्पिक वित्तीय पूर्वाधार निर्माण गर्ने प्रयास गर्नेछ भने अमेरिकाले आफ्नो स्टक एक्सचेन्जबाट चिनियाँ कम्पनीहरूलाई हटाउने छ। अमेरिकी कंग्रेसले यसअघि नै विदेशमा अति संवेदनशील क्षेत्रहरूमा अमेरिकी प्रत्यक्ष विदेशी लगानीलाई प्रतिबन्धित गर्न वा सीमित तुल्याउने कानून ल्याउनु बारेमा विचार गरिरहेको छ, जसरी यसले अमेरिकामा चिनियाँ लगानीलाई गर्छ। आपूर्ति शृङ्खलाहरू विविधीकरण गर्ने र दुर्लभ खनिजहरू जस्ता महत्वपूर्ण सामानहरूको आपूर्ति सुनिश्चित गर्ने उद्देश्यका व्यापार उपायहरू पनि अपेक्षित छन्।

अलगथलग गर्नेक्रम बढ्दै जाँदा, धेरै महत्वपूर्ण क्षेत्रहरू (जस्तै इन्टरनेट) सम्भवतः दुई फरक ब्लकहरूमा विभाजित हुनेछ, जसका आफ्नै नियम र मापदण्डहरू हुनेछन् । डिजिटल मापदण्ड, डाटा व्यवस्थापन र उपयोग प्रावधानहरू, र नेटवर्क उपकरण र दूरसञ्चार सेवाहरूको पहुँचमा विश्वव्यापी खाडल उत्पन्न हुनेछ । बजार पहुँच प्रतिबन्धहरू र नयाँ स्वीकृति र इजाजतपत्र लिनुपर्ने प्रावधान बढ्नेछ।

यी परिवर्तनहरू यस्तो समयमा आउँदैछन् जब चीन पहिले नै प्रतिकूल जनसांख्यिकी, कमजोर सम्पत्ति बजार, अत्यधिक विस्तारित बैंकिङ क्षेत्र, ठप्प उत्पादकता, शासनमा अति राजनीतिकरण, र यसको शून्य कोभिड नीतिको परिणामहरू सहित धेरै गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ। चीनको आर्थिक ‘चमत्कारू’ले आफ्नो चरम सीमा पार गरिसकेको देखिन्छ। आगामी वर्षहरूमा वार्षिक आर्थिक वृद्धिदर २ देखि ३ प्रतिशतमा झर्नेछ, अर्थात् २०२० देखि २०३५ को बीचमा प्रतिव्यक्ति आय र जीडीपी दोब्बर बनाउने सरकारी लक्ष्य पूरा हुने छैन।

यो सुस्तताले दूरगामी परिणाम ल्याउने छ। शुरुवात गर्न चाहनेहरुका लागि, अमेरिकासँग प्रतिस्पर्धा गर्ने चीनको क्षमतामा सम्झौता गर्नु पर्ने हुन्छ । चीनको अर्थतन्त्रले अमेरिकालाई कहिल्यै उछिन्न सक्ने छैन, विशेष गरी यदि आगामी केही वर्षहरूमा रेन्मिन्बीको मूल्य २०-२५ प्रतिशतले घट्यो भने।

यसबाहेक, वस्तुहरूको मूल्य (विशेष गरी चीनको आवास र निर्माण क्षेत्रका लागि अति आवश्यक छन्) घट्ने छ । जबकि नयाँ, क्षेत्रीय आपूर्ति श्रृंखलाहरूको उच्च लागतले अधिक मुद्रास्फीति, कमजोर चिनियाँ मागलाई अझ कमजोर बनाउने छ ।

अन्य एसियाली देशहरू वा उदीयमान बजारहरूमा लगानी बढ्दै गएपछि चीनमा विदेशी लगानीको प्रवाह घट्नेछ। चीनमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले आफ्नो चीन पोर्टफोलियोलाई कम वजनमा राख्नेछन्। यद्यपि रेन्मिन्बीले जापानी येन, ब्रिटिश पाउन्ड र क्यानाडाली डलरको बराबर स्थितिको अवस्थामा रहे पनि यो अमेरिकी डलरलाई विस्थापित गर्ने नजिक आउँदैन। चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको निरन्तर समृद्धिलाई आफ्नो सरकारको प्रमुख उपलब्धिका रुपमा व्याख्या गरिरहेका छन् । तर त्यो डेलिभर गर्न झन्झटिलो हुँदै गइरहेको छ, र विच्छेदन एउटा महत्त्वपूर्ण कारण हो।

जर्ज म्याग्नस अक्सफोर्ड विश्वविद्यालयको चाइना सेन्टरका सहायक अनुसन्धाताका हुन् ।