८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार

ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन

ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन
अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाको ४० चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हुँदै आएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा ट्राफिक बत्ती जडानकार्यलाई तीव्रता दिएको हो ।

सोहीअनुसार आज कार्यालयले ललितपुर महानगरपालिका–३ र तन्त्र भेन्चर्स प्रालिको सहकार्यमा ललितपुरको झम्सिखेलस्थित सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको हो । बत्तीको शुभारम्भ गर्दै कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको बताउनुभयो ।

“उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित एवं चुस्त बनाउन तथा प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै काम लिन विभिन्न प्रविधिमैत्री अभियान थालिएको छ”, उहाँले भन्नुभयो । प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने उहाँको भनाइ छ ।

कार्यक्रममा ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले ट्राफिक बत्ती जडानबाट आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने बताउँदै आगामी दिनमा समेत ट्राफिक प्रहरीसँग अझै सहकार्य गर्दै जाने बताउनुभयो ।

कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकाको ४० चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हँुदै आएको छ भने १३ स्थानमा परीक्षण गरी सञ्चालनको प्रक्रियामा रहेको र सात स्थानमा जडान कार्य भइरहेको छ । कार्यालयले ट्राफिक बत्ती सञ्चालनमा आएका चोकमा ट्राफिक बत्तीको पूर्ण पालना गरी ट्राफिक व्यवस्थापन सहयोग गर्न चालक तथा पैदलयात्रुलाई अनुरोध गरेको छ ।