४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

बलिउडमा शाहरुख खानको ३० वर्षः ‘दीवाना’का लागि शाहरुख पहिलो रोजाइ थिएनन्

बलिउडमा शाहरुख खानको ३० वर्षः ‘दीवाना’का लागि शाहरुख पहिलो रोजाइ थिएनन्
अ+ अ-

एजेन्सी । सन् १९९२ मा रिलिज भएको फिल्म ‘दीवाना’ बाट आफ्नो करियर सुरु गरेका शाहरुख खानले २५ जुनमा बलिउडमा आफ्नो ३० वर्ष पूरा गरेका छन् । तर के तपाईंलाई थाहा छ ‘दीवाना’का लागि शाहरुख निर्माताको पहिलो रोजाइ थिएनन् ।

राजा सहायको भूमिकाका लागि सबैभन्दा पहिले अरमान कोहलीलाई फाइनल गरिएको थियो तर केही कारणले अभिनेताले फिल्म गर्न अस्वीकार गरे । यस फिल्ममा शाहरुखका अलावा ऋषि कपूर, दिव्या भारती पनि मुख्य भूमिकामा देखिएका थिए । फिल्मले बक्स अफिसमा ठुलो कमाई गरेको थियो ।

राज कंवरले निर्देशन गरेको यो चलचित्र गुड्डु धनोआले निर्माण गरेका हुन् । भारतीय मिडियाको एक अन्तर्वार्ताका क्रममा गुड्डु धनोआले भनेका थिए– शाहरुख को हुन् मलाई थाहा थिएन । शेखर कपुरको निर्देशनमा म अभिनेतालाई भेट्न दिल्लीको कनॉट प्लेस गएँ । गुड्डु धनोआले थपे, त्यतिबेलासम्म अभिनेताको कुनै पनि फिल्म रिलिज भएको थिएन । तैपनि उनले मलाई ‘तिम्रो फिल्म गर्न सक्दिन । म ५ वटा फिल्म गरिरहेकी छु ।’ भन्ने यो सुनेर म छक्क परेँ ।

सोध्दा उनले ‘दिल आशना है’ (१९९२), ‘राजु बन गया जेन्टलम्यान’ (१९९२), ‘मिराकल’ (१९९२), ‘किंग अंकल’ (१९९३) र ‘ कभी हाँ कभी ना’ (१९९४) मा काम गरिरहेको बताए । मैले अझै पनि शाहरुखलाई एक पटक कथा सुन्न अनुरोध गरें । शाहरुखले मलाई भोलिपल्ट दिउँसो १२ बजे घर आउन भने ।

गुड्डु धनोआले अगाडि भने ‘जब हामी भोलिपल्ट भेट्यौं, शाहरुखलाई कथाको दोस्रो भाग यति मन पर्यो र उनले गुड्डु, म तिम्रो फिल्म गर्दैछु । तर मेरा बाँकी फिल्मको मिति अगाडि बढेमा वा रद्द भएमा मात्रै । अन्ततः जुन फिल्मको मिति नै थिएन, त्यो फिल्म पहिले रिलिज भयो र सुपरहिट पनि भयो ।

एक चलचित्र जसमा अभिनेत्रीको प्रवेश दोस्रो हाफमा भयो । तर पनि शाहरुखको अभिनयलाई मानिसहरुले निकै मन पराए । यो फिल्मका लागि शाहरुखलाई ११ हजार साइनिङ रकम र १ लाख ५० हजार अभिनय शुल्क दिइएको गुड्डु धनोआले बताए ।