• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै

बलिउडमा शाहरुख खानको ३० वर्षः ‘दीवाना’का लागि शाहरुख पहिलो रोजाइ थिएनन्



एजेन्सी । सन् १९९२ मा रिलिज भएको फिल्म ‘दीवाना’ बाट आफ्नो करियर सुरु गरेका शाहरुख खानले २५ जुनमा बलिउडमा आफ्नो ३० वर्ष पूरा गरेका छन् । तर के तपाईंलाई थाहा छ ‘दीवाना’का लागि शाहरुख निर्माताको पहिलो रोजाइ थिएनन् ।

राजा सहायको भूमिकाका लागि सबैभन्दा पहिले अरमान कोहलीलाई फाइनल गरिएको थियो तर केही कारणले अभिनेताले फिल्म गर्न अस्वीकार गरे । यस फिल्ममा शाहरुखका अलावा ऋषि कपूर, दिव्या भारती पनि मुख्य भूमिकामा देखिएका थिए । फिल्मले बक्स अफिसमा ठुलो कमाई गरेको थियो ।

राज कंवरले निर्देशन गरेको यो चलचित्र गुड्डु धनोआले निर्माण गरेका हुन् । भारतीय मिडियाको एक अन्तर्वार्ताका क्रममा गुड्डु धनोआले भनेका थिए– शाहरुख को हुन् मलाई थाहा थिएन । शेखर कपुरको निर्देशनमा म अभिनेतालाई भेट्न दिल्लीको कनॉट प्लेस गएँ । गुड्डु धनोआले थपे, त्यतिबेलासम्म अभिनेताको कुनै पनि फिल्म रिलिज भएको थिएन । तैपनि उनले मलाई ‘तिम्रो फिल्म गर्न सक्दिन । म ५ वटा फिल्म गरिरहेकी छु ।’ भन्ने यो सुनेर म छक्क परेँ ।

सोध्दा उनले ‘दिल आशना है’ (१९९२), ‘राजु बन गया जेन्टलम्यान’ (१९९२), ‘मिराकल’ (१९९२), ‘किंग अंकल’ (१९९३) र ‘ कभी हाँ कभी ना’ (१९९४) मा काम गरिरहेको बताए । मैले अझै पनि शाहरुखलाई एक पटक कथा सुन्न अनुरोध गरें । शाहरुखले मलाई भोलिपल्ट दिउँसो १२ बजे घर आउन भने ।

गुड्डु धनोआले अगाडि भने ‘जब हामी भोलिपल्ट भेट्यौं, शाहरुखलाई कथाको दोस्रो भाग यति मन पर्यो र उनले गुड्डु, म तिम्रो फिल्म गर्दैछु । तर मेरा बाँकी फिल्मको मिति अगाडि बढेमा वा रद्द भएमा मात्रै । अन्ततः जुन फिल्मको मिति नै थिएन, त्यो फिल्म पहिले रिलिज भयो र सुपरहिट पनि भयो ।

एक चलचित्र जसमा अभिनेत्रीको प्रवेश दोस्रो हाफमा भयो । तर पनि शाहरुखको अभिनयलाई मानिसहरुले निकै मन पराए । यो फिल्मका लागि शाहरुखलाई ११ हजार साइनिङ रकम र १ लाख ५० हजार अभिनय शुल्क दिइएको गुड्डु धनोआले बताए ।