२८ पुष २०८१, आईतवार
,
Latest
राष्ट्रपति बाइडेनद्वारा पोप फ्रान्सिसलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम विथ डिस्टिङ्क्शन’ प्रदान बालेनको प्रश्न -अधिकार बिहिन प्रदेश सरकार किन चाहियो ? दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा संसदीय प्रणालीभित्र दलहरुको भुमिका प्रमुख हुन्छः सभामुख घिमिरे कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते महोत्तरीमा धान उत्पादन बढ्यो सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक संसद किन यति ढिलोसम्म बोलाइएन, जनतामा खुल्दुली छः  पूर्वसभामुख सापकोटा संसद नचल्दा अध्यादेश ल्याउन मिल्छ, संसदको अधिकार कटौति गरेको होइनः उपमहासचिव ज्ञवाली जलश्रोत विभागका तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध झण्डै ५ करोडको मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध



अ+ अ-

मकवानपुर । वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो । उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । पानी रोकिएपश्चात पहिरो हटाइ यातायात सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । कुलेखानी–फाखेल सडकखण्ड र त्रिभुवन राजपथ भने सञ्चालनमा छ ।

यस्तै हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ पनि वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध छ । ललितपुरको भट्टेडाँडा गारोखोलामा आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध बनेको इलालका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ ।