२८ पुष २०८१, आईतवार
,
Latest
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा संसदीय प्रणालीभित्र दलहरुको भुमिका प्रमुख हुन्छः सभामुख घिमिरे कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते महोत्तरीमा धान उत्पादन बढ्यो सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक संसद किन यति ढिलोसम्म बोलाइएन, जनतामा खुल्दुली छः  पूर्वसभामुख सापकोटा संसद नचल्दा अध्यादेश ल्याउन मिल्छ, संसदको अधिकार कटौति गरेको होइनः उपमहासचिव ज्ञवाली जलश्रोत विभागका तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध झण्डै ५ करोडको मुद्दा दायर काठमाडौं जिल्ला अदालतमा रविको बयान सुरु देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्व पृथ्वीराजमार्ग खुल्यो



अ+ अ-

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्व भएको राजमार्ग सञ्चालनमा आएको छ । माथिबाट पहिरा खस्दा अवरुद्व भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

बिहान करिब ६ बजेदेखि पहिरो खस्दा राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिन पुगेको थियो । मुग्लिन, आँबुखैरेनी हँुदै गोरखा जाने सडकमा सवारी साधन पुनः सञ्चालन भए पनि पोखरा जाने राजमार्ग सडक अवरुद्व नै रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही वडास्थित ढावटारमा भने राजमार्ग अवरुद्व नै रहेको छ । माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब केही समयभित्र सडक चलाउने गरी काम भइरहेको छ ।”