२८ पुष २०८१, आईतवार
,
Latest
महोत्तरीमा धान उत्पादन बढ्यो सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक संसद किन यति ढिलोसम्म बोलाइएन, जनतामा खुल्दुली छः  पूर्वसभामुख सापकोटा संसद नचल्दा अध्यादेश ल्याउन मिल्छ, संसदको अधिकार कटौति गरेको होइनः उपमहासचिव ज्ञवाली जलश्रोत विभागका तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध झण्डै ५ करोडको मुद्दा दायर काठमाडौं जिल्ला अदालतमा रविको बयान सुरु देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा पाकिस्तानमा २ करोड २० लाखभन्दा बढी बालबालिका विद्यालयबाट बाहिर पुनः नगदेबालीको पहिचान बनाउँदै उखुखेती राष्ट्रपति समक्ष महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर आङ्शिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनसार मनसुनी न्यून चापीय रेखा औषतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेकाले भारी वर्षा भएको छ ।

शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार कास्कीमा २३.८, धनगढीमा ४२.१, विराटनगरमा ३१.६, नेपालगञ्जमा ३.२, सिमारामा ९.८, र काठमाडौँमा ४.१ मिलिमिटर वर्षा मापन भएको छ ।