७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तर नम्बर भएको पानी पिउन आग्रह



अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारको गुणस्तर नम्बर भएको तथा बिर्को सिलबन्दी भएको प्रशोधित पिउने पानी मात्र प्रयोग गर्न आग्रह गरेको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामीको सङ्ख्यामा वृृद्धि हुन थालेपछि विभागले पानीको गुणस्तर हेरेर प्रयोग गर्न आग्रह गरेको हो ।

विभगाले आज एक सूचना जारी गर्दै प्रशोधित पिउने पानी र जारको लेवलमा ‘डिएपटिक्यु’ नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्रै पानीको उपभोग गर्न आग्रह गरेको हो ।

यस्तै, प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ बमोजिमका प्रावधानलाई पूरा गरेर मात्रै पानीको बिक्रीवितरण गर्न उद्योगीलाई अनुरोध गरिएको छ । कानूनबमोजिम अनुज्ञापत्र लिई नवीकरण नगरी पानी बिक्री वितरण गर्नेलाई कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।