• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आईजीपी नियुक्तिविरुद्धको हेर्दाहेर्दै मुद्दाको सुनुवाइ आज



काठमाडौं । हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।

आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

अन्तिम सुनुवाइ जेठ ३० गतेबाट सुरू भएपनि मुद्दाको बहस नसकिएपछि दुईपटक हेर्दाहेर्दैमा राखिएको छ । वैशाख १९ देखि बिदामा बसेका एआईजी पोखरेल एआईजीमै कायम रहे आगामी साउन २० गतेबाट अवकाश पाउनेछन् ।

सिंहलाई ७ चैत २०७८ मा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र १८ वैशाख २०७९ मा प्रहरी महानिरीक्षक आइजीपी नियुक्त गरिएको थियो ।