• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

चन्द्रागिरिको जङ्गलबाट तीन विदेशीको उद्धार



काठमाडौँ । काठमाडौँको चन्द्रागिरिको जङ्गलबाट तीन विदेशी नागरिकको उद्धार गरिएको छ ।

शनिबार साँझ जङ्गलमा विदेशी हराएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको हो ।

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई भीरमा फसेको अवस्थामा फेला पारी उद्धार गरिएको हो ।

यसरी उद्धार गरिएकामा अमेरिकाका ३४ वर्षीय डग्लस रोवे, भारत चण्डिगढका ३० वर्षीय नवप्रित ढिलोन र मुम्बईका माधव गुप्ता रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार एक सूचना जारी गरी जनाएको छ ।