२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचेत नभए पटक–पटक सङ्क्रमण



अ+ अ-

काठमाडौं । सर्वसाधारण मानिस तथा स्वास्थ्यकर्मीलाई दोस्रो वा तेस्रो पटक सम्म कोरोना भाइरस सङ्क्रमण पुष्टि भइरहेको पाइएको छ । 

कोरोनाबाट पुनः सङ्क्रमित नहुन जनस्वास्थ्यका मापदण्डबाहेक अन्य उपाय नभएको चिकित्सकहरू बताउँछन् । नेपालमा  विभिन्न   किसिमका भेरियन्ट फैलिरहेको हुनाले पनि पटक–पटक सङ्क्रमित  हुनुपरेको चिकित्सकको भनाइ छ  ।  

ती व्यक्तिमा एन्टिबडी विकास भइनसकेको वा कम समयमात्र एन्टिबडी   शरीरमा रहेको चिकित्सकहरू बताउँछन् । गएको वैशाख महिनामा डा।  शान्ता पौडेललाई पहिलो पटक कोरोना पुष्टि भएको थियो । अस्पतालमा कार्यरत रहँदा रहँदै कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि डा। पौडेलले पीसीआर परीक्षण गराए  । 

पीसीआर पोजेटिभ  देखिएपछि उनी होमआइसोलेसनमा बसे । दुई   साताको बसाइपछि डा।पौडेललाई कोरोना निको भयो । पहिलो पटक कोरोना सङ्क्रमण हुँदा ज्वरो आउने, खोकी लाग्ने जस्ता समस्या देखापरेको थियो । कोभिसिल्ड खोप लगाएका कारण आफूलाई अस्पताल भर्ना हुनु पर्नेगरी समस्या नभएको डा। पौडेलले जानकारी  दिए ।  

त्यसपछि उनलाई साउनको अन्तिम साता पुनः कोरोना पुष्टि भयो । होम आइसोलेसनमा १० दिन बसे पछि उनी अहिले  नियमित अस्पताल जान थालेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।