८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा

‘नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ?’

‘नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ?’
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ? भन्दै वन तथा वातावरणमन्त्री समक्ष प्रश्न गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुले नेपालमा काठको व्यवस्थापन हुन नसकेको भन्दै काठ आयातलाई कम गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

सांसद डा विमला राई पौड्यालले भन्नुभयो, “रुखले प्रविधिक पाएन, धेरै रुख त्यसै सडेर गएका छन, धोद्रो भएर गएका छन् अनि हामीले काठ आयात गरिरहेका छौँ, आयातित काठलाई प्रतिस्थापन गर्ने सरकारको योजना के छ ।”

सांसद गङ्गा कुमारी बेल्वासेले निकुञ्ज ऐन, २०२९ लाई संशोधन गरी समयानुकुल बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसदद्वय खिमलाल देवकोटा र सुरेशकुमार आले मगरले बजेट कार्यान्वयनमा जोड दिनुभयो ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन नियमावली र वन ऐन अन्तर्गत नै रहेर खानी उत्खनन गर्ने काम भइरहेको प्रस्ट पार्नुभयो । उहाँले कर्मचारी अभावले वन क्षेत्रमा प्राविधिकको कमि भएको उल्लेख गर्दै जतिसक्दो चाँडो प्राविधिकको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “कोभिड–१९ बाट थलिएको पर्यटकीय क्षेत्रलाई टेवा पु¥याउने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा आरक्षणमा पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ, जैविक विविधता संरक्षणमा मन्त्रालययको प्राथमिकता छ ।”