• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

हैजाको डरः ललितपुरमा ठेलामा पानीपुरी बेच्न रोक



काठमाडौँ । हैजाको महामारी बढ्नसक्ने आशंकामा ललितपुर महानगरपालिकाले पालिकाभित्र ठेला गाडामा पानीपुरी बेच्न रोक लगाएको छ ।

महानगरप्रमुख चिरीबाबु महर्जनले पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा देखिएपछि ठेला गाडामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।

ललितपुर महानगरका नगर प्रहरीहरुले ठेला गाडामा पानीपुरी विक्री गर्नेहरुलाई महानगरबाट हटाएका छन् । नगरप्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार महानगरले अर्को निर्णय नगरेसम्म अब महानगरभित्र ठेला गाडामा पानीपुरी बिक्री गर्न पाइने छैन ।