• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एमालेको बहिष्कारपछि हेटौंडा नगरसभा बैठक स्थगित



हेटौंडा । नेकपा एमालेले बहिष्कार गरेपछि हेटौंडाको नगरसभा बैठक स्थगित भएको छ ।

एमालेको बहिष्कारपछि नगरसभामा गणपुरक संख्या नपुगेकाले हेटौंडा उपमहानगरपालिकाको नगरसभा १२ गते सम्मका लागि स्थगित गरिएको हो ।

हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामाले गणपूरक संख्या नपुगेको भन्दै आइतबारसम्मका लागि नगरसभा स्थगित भएको जानकारी दिइन् ।

हेटौंडा उपमहानगरपालिकाको नगरसभामा कुल ९५ सदस्यमध्ये ४० जनाले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका थिए ।

नगरसभामा गठबन्धनका सदस्यहरु उपस्थित भएका थिए भने एमालेका सदस्यहरु सभाहल बाहिर बसेर बहिष्कार गरेका थिए ।