६ पुष २०८२, आईतवार
,
Latest
चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक जेन–जी फ्रन्टद्वारा सल्लाहकार परिषद् गठन २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाग्मती प्रदेशमा तीन नेताको कसरत, इन्द्र बानियाँ मुख्यमन्त्री होलान् ?



फाइल फोटो
अ+ अ-

वर्तमान सत्तारुढ गठबन्धनमा सामेल प्रमुख तीन दल ( नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच बाग्मती प्रदेश सरकारको नेतृत्वबारे लिखित सहमति नै भएको कुरा सार्वजनिक भएको छ ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नियुक्ती हुनुअघि भएको लिखित सहमतिमा आधा अवधिपछि कांग्रेसका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने उल्लेख छ ।

२०७८ साल कात्तिक ११ गते नेकपा एसका पाण्डे बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । त्यतिबेलै छ महिनापछि कांग्रेसले नेतृत्व पाउने सहमति भएको चर्चा भएपनि कुनै सहमतिको दस्तावेज सार्वजनिक गरिएको थिएन ।

तर अहिले सार्वजनिक भएको सहमति पत्रमा प्रदेशसभाको बाँकी कार्यकालमध्ये आधा अवधि पाण्डे र बाँकी आधा अवधिमा बानियाँ मुख्यमन्त्री बन्ने उल्लेख छ ।

‘सहमति पत्रमा एकीकृत समाजवादीका तर्फबाट राजेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका तर्फबाट शालिकराम जमकट्टेल र नेपाली काँग्रेसका तर्फबाट इन्द्रप्रसाद बानियाँले हस्ताक्षर गर्नु भएको थियो ।

उक्त सहमति पत्रमा भनिएको छः

‘बाग्मती प्रदेश सरकारको मुख्यमन्त्री नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) वागमती प्रदेश संसदीय दलका नेता, प्रदेशसभा सदस्य माननीय राजेन्द्रप्रसाद पाण्डेलाई बनाउने । उहाँ मुख्यमन्त्रीमा नियुक्त भएको मितिले प्रदेशसभाको बाँकी अवधीमध्ये आधा अवधि पहिलो चरणमा मुख्यमन्त्री रहने र दोस्रो आधा अवधि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री रहने ।’

यसबीच राजेन्द्र पाण्डे मुख्यमन्त्री भएको आठ महिना पुगिसकेको छ । संघीय सरकारले मंसिरमै आमनिर्वाचन गराउने तयारी थालेको छ । त्यसो हुँदा प्रदेशसभाको कार्यकाल अब पाँच महिनामात्रै बाँकी छ ।

प्रदेश सरकारको नेतृत्व हस्तान्तरण गर्न कांग्रेसले गठबन्धन दलहरुलाई आग्रह गर्दै आए पनि कार्यान्वयन हुन सकेको छैन । यद्यपी, पाँच दलीय केन्द्रीय नेतृत्वले पनि प्रदेशमा सरकारहरु फेरबदल गर्न खासै चासो दिएको छैन ।