१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुनमन्त्री शर्मा भन्नुहुन्छ, न्यायाधीश–वकिल संवादमाथि छानबिन भइरहेको छ



गाेविन्द कोइराला शर्मा
अ+ अ-

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद कोइराला शर्माले जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको कुराकानीको अडियोबारे छानबिन भइरहेको बताउनु भएको छ ।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे कुराकानी भएको अडियो बुधबार सार्वजनिक भएको थियो ।

बिहीबार संघीय संसद भवनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको जानकारी दिनु भएको हो ।

‘जुन अडियो बाहिर सार्वजनिक भएको छ । त्यसको सत्यतथ्य खोजबिन गर्दैछौं । कति ठीक, कति बेठीक भनेर छानबिन गर्न समिति नै गठन गरिएको छ’ मन्त्री शर्माले बताउनुभयो ।

न्यायालयमा विकृति र विसंगति बढ्दै गएकोप्रति असन्तुष्टी जनाउँदै मन्त्री शर्माले न्यायालयभित्र स्वच्छता कायम गर्नेतर्फ विभिन्न उपायमाथि छलफल भइरहेको पनि बताउनुभयो ।