• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

घुस लेनदेनको अडियो प्रकरणः छानबिन गर्न समिति गठन



काठमाडौँ । न्यायाधीश र अधिवक्ताबीच घूस लेनदेनको अडियो सार्वजनिक भएको घटनाको छानविन गर्न समिति गठन भएको छ ।

न्यूज २४ टेलिभिजनले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोईराला र अधिवक्ता रूद्रप्रसाद पोखरेलको बीचमा व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको लेनदेनको अडियो सार्वजनिक भएको थियो । न्यायपरिषदले सो घटनाबारे छानबिन गर्न समिति गठन गरेको हो ।

न्यायपरिषद सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको छ ।

न्यायाधीश कोइरालाले आफूबाट कुनै अनुचित कार्य नभएको दाबी गरेका छन् । घूस लेनदेनको अडियो सार्वजनिक भएपछि कोइरालाले सामाजिक संजालमा एक पोस्ट गर्दै आफूले कुनै गलत काम नगरेको दाबी गरेका हुन् ।

उनले घटनाको बारेमा न्याय परिषदबाट छानबिन होस् भन्ने माग गर्दै यसमा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई धरौटीमा छाड्ने विषयमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको कुराकानी भएको अडियो सार्वजनिक भएको छ ।

उक्त अडियोमा उनीहरुले पैसा लिएर तामाङलाई धरौटीमा छाड्ने बारेमा कुराकानी गरेको सुन्न सकिन्छ ।