• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु होः उपप्रधानमन्त्री लामिछाने ★   पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ – उपसभापति वाग्ले ★   ‘खल्तीमा राजीनामा पत्र बोकेर हिँडेका छौँ, सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो’ ★   अमेरिका २०२६ विश्वकपका लागि सिधै छनोट ★   एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो ★   न्यूजिल्यान्डको पहिलो जित  ★   काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने ★   मेलम्ची बाढीलाई फर्केर हेर्दा र विज्ञको बुझाई ★   दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु ★   दक्षिण अफ्रिकासँग १ रनले हार्यो नेपाल

दोर्दीको आइपिओको बाँडफाँट, २ लाखले पाए १० कित्ताका दरले शेयर



दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल १४ लाख ७१ हजार ६६५ जनाले एक करोड ६३ लाख ९७ हजार ११० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए ।

आवेदन दिएकामध्य ८८२ जना आवेदकको आवेदन रद्द भएको र बाँकी १४ लाख ७० हजार ७८३ योग्य आवेदकमध्ये दुई लाख एक हजार ९८६ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यसमा बाँकी नौ कित्ता शेयर १० कित्ता भन्दा धेरै माग गरी आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप नौ जनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको दुई लाख ९७ हजार ८४० कित्तासहित गरी प्रतिकित्ता रु १०० अङ्कित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयरको बिक्री खुला गरेको थियो ।

त्यसमध्ये ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र एक लाख नौ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर मात्रै सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको हो ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।