६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवादमार्फत समाधान खोज्दै सभामुख



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिक्षी दल नेकपा एमालेले आइतबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरे । तर, पछिल्ला केही दिनको तुलनामा प्रतिनिधिसभाको आइतबारको बैठकको दृश्यमा केही फरक देखियो । यसले संवादको वातावरण बन्दै गएको संकेत मिलेको छ ।

अघिल्ला दिनमा मर्यादापालक र सांसदहरूबीच घम्साघम्सी देखिएको थियो । प्रतिस्थापन बजेट पेस गर्ने क्रममा एमाले सांसदहरूले काँधमा चढेर रोस्टम पुग्ने प्रयास गरेका थिए । मर्यादापालकहरूले पनि एमाले सांसदहरूलाई वेलको आधा भागमा रोकेका थिए । तर, आइतबारको बैठकमा एमाले सांसदहरूले वेल घेराउ गर्दै नारा लगाए पनि कुनै घम्साघम्सी भएन । प्रतिनिधि सभाको बैठक अघि एमाले दलका नेता केपी शर्मा ओलीले मर्यादित भएर प्रस्तुत हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएका थिए ।

अघिल्लो बैठकमा मर्यादापालकहरूले सभामुख बस्ने स्थानअघिको खाली ठाउँको आधा भागमा मात्र प्रतिपक्षीलाई रोकेका थिए । तर, आइतबार उनीहरूले पुरै वेल खुला छाडेका थिए । बैठकमा सभामुख अग्नि सापकोटाले संवादतर्फ अग्रसर हुन सांसदहरूलाई आग्रह गरिरहे । ‘आखिरमा हामीले सहकार्य र समन्वयमा जानैपर्छ । संवादतिर जान सत्तापक्ष र प्रतिपक्षले पहल गर्नुपर्छ । म विनम्रतापूर्वक आग्रह गर्दछु । वातावरण सहज बनाउने भूमिका खेलौं,’ सापकोटाले भने, ‘बैठक सहज ढंगले सञ्चालन गर्ने वातावरण बनाउन विपक्षी दलका सांसदहरूलाई अनुरोध गर्छु । सत्तापक्ष, विपक्ष र संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरू जनताको सर्वोच्च प्रतिनिधि संस्थालाई मर्यादित बनाउन संवादतिर अग्रसर होऔं ।’

आइतबारको बैठकमा पनि नेकपा एमालेका सांसदहरूले नाराबाजी जारी राखेका थिए । उनीहरूले पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मुर्दावादजस्ता नारा लगाएका थिए । सभामुख अग्नि सापकोटाले नियमित अवरोधले अन्य सांसदहरूले आफ्नो कुरा राख्न नपाएको उल्लेख गरे । उनले अदालतमा विचाराधीन विषयमा छलफल संविधानमा निषेध गरेको सम्झाए । तर, एमाले सांसदहरूले नाराबाजी कायम राखे । एमाले सांसदहरूले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामखुले प्रकाशित नगरेकोमा प्रश्न उठाउँदै आएका छन् । उनीहरूले गैरसांसदलाई प्रवेश निषेध गर भन्दै नारा लगाएका थिए ।

आइतबारको वेल घेराउमा प्रमुख प्रतिपक्षी दलका नेता अध्यक्ष केपी शर्मा ओली पनि उभिएका थिए । अघिल्ला दिनमा उनी कुर्सीमा बस्ने गरेका थिए । तर, उनी आइतबारको बैठकमा वेलमै उभिए । आइतबारको दोस्रो बैठकमा पनि नेकपा एमालेका सांसदले अवरोध गरेपछि सभामुख सापकोटाले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । पहिलो बैठक बसेर १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु भएलगत्तै बैठकमा एमाले सांसदले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो । १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै उनीहरूले नाराबाजी गरेका हुन् ।

यसअघि बैठक खुलाउन सभामुख अग्नि सापकोटाको नयाँ बानेश्वरस्थित संसद् भवनको कार्यकक्षमा एमालेका प्रतिनिधिसँग छलफल गरेका थिए । छलफलमा सभामुख सापकोटासँगै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र एमालेका सांसद खगराज अधिकारी सहभागी थिए । त्यस्तै, सरकारका तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैठकमा सहभागी रहेको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकबाट नै एमालेले अवरोध गर्दै आएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।