११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

शिक्षा र स्वास्थ्यमा कामपाको प्राथमिकता

शिक्षा र स्वास्थ्यमा कामपाको प्राथमिकता
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूललाई राष्ट्रियस्तरको नमूना विद्यालय बनाउने नीति लिएको छ । विसं २०७२ को भूकम्पले पूर्णरुपले क्षति भएपछि पुनःनिर्मित ऐतिहासिक दरबार हाइस्कुललाई कामपाले राष्ट्रियस्तरको नमूना विद्यालय बनाउने नीति लिएको हो ।

नीतिमा महानगर शिक्षा सुधार योजना, स्थानीय पाठ्यक्रमको निरन्तर पठनपाठन, ११ वटा प्राविधिक विषयको अध्यापन भइरहेकामा दुई वटा थप गर्नेलगायत विषय समावेश छन् । यस्तै वडास्तरीय सामुदायिक सिकाइ केन्द्र स्थापना र सञ्चालन, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको नियमित स्वास्थ्य जाँच, विद्यालयमा अग्नि नियन्त्रण उपकरण जडान, ई–लाइब्रेरी सञ्चालन गर्नेलगायत कार्यक्रम आइतबार कामपाका प्रमुख बालेन्द्र साहले आगामी आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै स्वास्थ्यतर्फ स्वास्थ्य नीतिमा वडा क्लिनिकको स्तरोन्नति गरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने, करदातालाई बीमाका लागि आवश्यक प्रबन्ध मिलाउने जसका लागि कामपाले ५० प्रतिशत अनुदान दिने, विपन्नलाई निःशुल्क श्ययाको प्रबन्ध गर्ने र आयुर्वेद पद्धतिलाई प्रवद्र्धन गर्नेलगायत नीति छन् । स्वास्थ्य सेवाको गुणस्तर र पहँुच अभिवृद्धि गर्नका लागि महानगर जनस्वास्थ्य ऐन जारी गर्ने महानगरको नीति रहेको छ । नागरिक आरोग्यता प्रवद्र्धन गर्न आहार, विहार, ध्यान, योग, प्राणायाम आदिबारे सचेतना फैलाउने, एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने, एक विद्यालय एक नर्स र स्कूल सोसियल वर्कर कार्यक्रम रहेका छन् ।

सडक, ढल, खानेपानीका पाइपलाइन, सडक, बत्ती टेलिफोनलगायत भौतिक पूर्वाधारको डिजिटल प्रोफाइल तयार पार्ने नीतिलाई पूर्वाधार विकास नीतिमा राखिएको छ । बिग्रेका पूर्वाधारलाई थप क्षति हुन नदिन तत्काल मर्मतसम्भारका लागि अहिले सञ्चालनमा ल्याइएको इन्फ्रास्ट्रक्चर एम्बुलेन्सलाई आवश्यकअनुसार सामग्री र जनशक्तिसहित थप गर्ने नीति महानगरको छ ।

पैदलमार्गको स्तरोन्नति गर्ने, बस बिसौनीलाई मौलिकता दिँदै परम्परागत शैलीको फल्चा बनाउन इच्छुक सङ्घसंस्थालाई प्राविधिक सहयोग उपलब्ध गराउने, सामुदायिक विद्यालय, सार्वजनिक संस्था तथा सार्वजनिक शौचालयको स्तरोन्नति गरी अपाङ्ग तथा लैङ्गीकमैत्री बनाइने नीति लिइएको छ ।

कला क्षेत्रको संरक्षण

कला क्षेत्रको प्रवद्र्धन गर्न डबलीको पुनःस्थापना र एम्पीथियटर निर्माण गरिनेछ । सम्पदा तथा पर्यटन क्षेत्रअन्तर्गतका नीतिमा बौद्ध र स्वयम्भू स्तूपको व्यवस्थापन महानगरअन्तर्गत ल्याउन प्रयास गरिनेलगायत नीति लिइएको छ । जात्रा, पर्व, मेला, पूजा, परम्परागत जीवनशैली, सांस्कृतिक सम्पदाको परिचयात्मक विवरण समेटेर सांस्कृतिक प्रोफाइल तयार पारिनेछ ।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, हिति, पोखरी, बहाल, बहिल आदिको संरक्षण गरिनेछ । इन्द्रजात्राको अवलोकनका लागि भगिनी सम्बन्ध भएका राष्ट्रिय र अन्तराष्ट्रिय नगरका प्रमख, उपप्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरेर विश्वस्तरमा परिचित गराउने कामलाई विगतमा झँै निरन्तरता दिइनेछ ।

यससँगै स्थानीय जात्रा तथा पर्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने कार्यक्रम सञ्चालन गरिनेछ । हाँडीगाउँको पुनरुत्थान गर्दै यसै वर्षदेखि होमस्टे सञ्चालन गरिने पनि नीतिमा समावेश गरिएको छ । हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रममार्फत प्रत्यक्ष संवाद कार्यक्रम हुनेछ ।

प्लाष्टिक झोला निषेध

कामपाले आगामी आर्थिक वर्षदेखि प्लाष्टिक झोला निषेध गर्ने नीति लिएको छ । त्यसैगरी कागज तथा कपडाका झोला प्रवद्र्धन गर्ने, पार्क निर्माण गर्ने हरियाली बढाउनेजस्ता विषय नीतिमा उल्लेख छ । त्यसैगरी फोहर व्यवस्थापन तथा प्रदूषण नियन्त्रणसम्बन्धी नीतिमा फोहरको वर्गीकरणमा प्रोत्साहन गर्ने, जिरो वेस्ट, वेस्ट टु इनर्जीजस्ता अवधारणाबाट वातावरणीय सुधार तथा फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने विषय समेटिएका छन् ।

फोहरको उत्पादन कम गर्ने, फोहर सङ्कलन, ढुवानी तथा अन्तिम व्यवस्थापनलाई सहज बनाउने, अदालतका निर्देशनात्मक आदेशलाई कानून बनाएर कार्यान्वयन गर्ने, शतप्रतिशत जमिन घरले नओगटेका घरमा ‘एक घर, एक रुख’ नीतिअनुरुप कार्यक्रम सञ्चालन गरिनेछ ।

सहरी यातायात नीतिमा सार्वजनिक यातायातलाई सुरक्षित बनाउन सिसीटिभी क्यामरा जडान गर्ने, जिपियस ट्र्याकिङ सिस्टम जडान गर्ने, निजी क्षेत्र र उपत्यका नगरपालिकाको सहकार्यमा सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित गर्ने, भर्टिकल तथा भूमिगत पार्किङको व्यवस्था गर्ने, खुलामञ्चसँगैको जग्गामा रिजर्भ बोरिङसहित भूमिगत पार्किङको सम्भाव्यता अध्ययन गर्ने नीतिमा उल्लेख छ ।

मिलन केन्द्र सञ्चालन

बालगृहमा भएका बालबालिकालाई पारिवारिक पुर्नमिलन गराउने भएको छ । आमाबुबा नभएका, विपन्न, दलित, आदिवासी तथा दलित समुदायका बालबालिकाको संरक्षणका विशेष कार्यक्रम सञ्चालन गर्ने, बालमैत्री स्थानीय तह घोषणा गर्न कार्यक्रम सञ्चालन गर्ने यस क्षेत्रका महत्वपूर्ण नीति महानगरले लिएको छ । महानगरका ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको भत्ता कार्यक्रमलाई निरन्तरता दिने, ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभव पुस्तान्तरण र हस्तान्तरण गर्न वडास्तरमा मिलन केन्द्र सञ्चालन गर्ने नीतिमा उल्लेख छ ।

पूर्ण अशक्तलाई साविकमा दिइँदै आएको मासिक तीन हजारलाई बढाएर र छ हजार बनाइनेछ । युवाको व्यक्तित्व विकासका लागि खुला व्यायामशाला निर्माण गरिनेछ । एरोविक्स र योगा सञ्चालन गर्न पूर्वाधार विकास गरिनेछ । राष्ट्रिय अन्तर्राष्ट्रिय खेल प्रतियोगिता सञ्चालन गर्न क्लबसँग सहकार्य गरिनेछ । आइतबार ४१ बुँदामामा सार्वजनिक भएको नीति तथा कार्यक्रमका विषयमा यही असार ८ गते छलफल गर्ने बताइएको छ ।