• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

राष्ट्रियसभामा अनशनरत निहारिकालाई न्याय दिलाउन माग



file

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले न्यायको माग गरी संघीय राजधानिमा अनशनरत निहारिका राजपुतलाई न्याय दिलाउन सरकार समक्ष माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले निहारिका र उहाँको बच्चाको संरक्षण गरी घटनाको छानविन गरी दोषिमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठककमा सांसद मृगेन्द्रसिंह यादवले मधेसी महिला नेहारिका राजपूत न्यायको खोजीमा भौतारिएको जनाउँदै उनीको माग सम्बोधन गर्न सरकारको ध्यान जावोस भन्नुभयो ।

सांसद बिमला घिमिरेले बलत्कार पीडित भनिएकी युवती नेहारिका न्यायका लागि आफ्ना बालक सहित राजधानीमा अनसर बस्दा पनि उनीको माग सुनुवाइ नहुनु दुःखद् भएको जनाउँदै सो घटनाका विषयमा छानबिन गर्न समिति गठन माग गर्नुभयो ।

सांसद तुलसाकुमारी दाहालले मानवीय सेवामा तल्लीन रेडक्रस सोसाइटीलाई सरकारले हस्तक्षेप गर्न नहुने बताउनुभयो । सांसद भगवती न्यौपानेले चितवनमा हात्तीले आतङ्क मच्चाएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मायाप्रसाद शर्माले रोपाईँ गर्ने समयमा किसानले किन रासायनिक मल पाएनन् भनी प्रश्नगर्नुभयो । सांसद सारदादेबी भट्टले वर्षा शुरु भएपछि वाढी पहिरोले धनजनको क्षति पु¥याउन शुरु भएकाले यसको न्यूनीकरणका लागि समयमै सरकारको ध्यान जाओस भन्नुभयो ।