२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलबाट तिन किलो बढी सुनसहित २ जना पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले तिन किलो बढी सुन बरामद गरेको छ । श्री एयरलाइन्सको विमानबाट विराटनगर जान लागेका दुई यात्रुको साथबाट २ करोड बढी मूल्यको सुन बरामद गरेको हो ।  

प्रहरीले आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा मुरारी राज अधिकारी र बोध राज भण्डारीको साथबाट २ करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरको सुनका गहना बरामद भएको हो ।

सुनको  कुल  तौल ३ किलो ३६० ग्राम रहेको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ।