२५ भाद्र २०८३, बिहीबार
,
Latest
नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकको घाँटी रेटियो, शंकास्पद दुई जना नियन्त्रणमा



अ+ अ-

दैलेख । गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको गए राति घाँटी रेटेर हत्या गरिएको हो ।

प्रहरीले शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक  विसीको हत्या गरेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन । “घटनामा धारिलो हतियार प्रयोग भएको देखिन्छ”, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपराज श्रेष्ठले भन्नुभयो, “घटना भएपछि शंकास्पद देखिएका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धानसहितको टोलीले दैलेख पु¥याउँदैछ ।”

प्रमुख श्रेष्ठका अनुसार ती व्यक्ति शिक्षकको हत्या हुनु पूर्व रातिसँगै भएको खुलेको छ । “नियन्त्रणमा लिएका व्यक्ति र हत्या गरिएका शिक्षकसँग राति सँगै भएको खुल्न आएको छ”, श्रेष्ठले भन्नुभयो, “घटनास्थलको प्रकृति र ती व्यक्तिहरूबाट थप प्रमाण भेटिएकाले पनि अनुसन्धानपछि मात्रै घटनाको वास्तविक तथ्य खुल्नेछ ।”

दैलेख सदरमुकामबाट घटनास्थलको दूरी झण्डै पाँच घण्टाको रहेकाले पनि अनुसन्धान अधिकृत जिल्ला नफर्कदासम्म घटनाको वास्तविकता अहिले नै बताउन नमिल्ने श्रेष्ठ बताउनुभयो । “तथ्य नजिक प्रहरी पुगेको छ, केही दिनमा वास्तवकिता सार्वजनिक गर्छौँ”, श्रेष्ठले भन्नुभयो ।

शिक्षक बिसी स्कुल वरण्डामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज बिहान फेला परेको थिए । घटना लगत्तै दैलेख प्रहरीले प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली छोटेपोखरा पठाएको थियो । शव परीक्षणका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ ।