४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

नेप्से परिसूचक २००० बिन्दु भन्दा तल, १८ महिना यताकै न्यून बिन्दुमा

नेप्से परिसूचक २००० बिन्दु भन्दा तल, १८ महिना यताकै न्यून बिन्दुमा
अ+ अ-

काठमाडौं । पछिल्लो दुई साता भन्दा बढी निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक डेढ वर्षपछि २००० बिन्दुभन्दा तल झरेको छ ।

नेप्से परिसूचक मंगलवार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो । २०७७ पुस पहिलो सातासम्म १९९८.६५ बिन्दुमा कारोबार भएको थियो । त्यसपश्चात् गत असारदेखि फराकिलो अंकले नेप्से सूचक र कारोबार रकमसमेत बढ्दै गएको थियो । गत साउन अन्तिमसम्म बजार बढेर ३२ सय अंकमाथि पुगेको थियो । तर चालु आर्थिक वर्ष लागेसँगै निरन्तरुप गिरावट हुँदै आएको नेप्से मंगलवार ३६.०८ अंक घटेर १९९६.२५ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८ अंकले घटेको छ ।

मंगलवार कारोबारमा आएका २३२ कम्पनीको ४१ लाख ४७ हजार कित्ता शेयर १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से ओरालो लागेपनि मंगलवार कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको कारोबार भएको थियो । कारोबारमा आएका कम्पनीमध्ये १९० कम्पनीको शेयरमूल्य घटेको छ भने पाँच कम्पनीको शेयरमूल्य बढेको छ ।

मंगलवार नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमध्ये अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, विकास बैंक, वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने होटल तथा पर्यटन, लगानी, जीवन बीमा र लघुवित्तको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेमा कारोबारमा आएको आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै ८.१८ प्रतिशत बढेको छ । त्यस्तै,माउण्टेन हाइड्रोको करिव ४ प्रतिशत बढेको छ । तर यता हिमालयन पावर पार्टनर कम्पनीको शेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बलेफी हाइड्रोपावरको शेयरमूल्य ८.१५ प्रतिशत घटेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्स र गणपति लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ४ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर शिवम सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । नेपाल क्रेडिट एण्ड कमर्स, नेपाल लाइफ र नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।