४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्किममा कबड्डी–४ को प्रदर्शनमा रोक



अ+ अ-

काठमाडौँ । विवाद समाधान नहुन्जेलसम्मका लागि सिक्किम सरकारले कबड्डी–४ को प्रदर्शनमा रोक लगाएको छ । सिक्किममा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले विभिन्न संघसंस्था र संगठन तथा सिक्किमे जनताको भावनालाई मध्यनजर गर्दै कबड्डी–४ को प्रदर्शनमा रोक लगाइएको जानकारी दिएका छन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा उनले सरकारले स्वीकार्य तरिकामा विवाद समाधान नहुन्जेलसम्मका लागि कबड्डी–४ को रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताए।

चलचित्रमा कलाकार दयाहाङ राईले निभाएको लामाको चरित्रले सम्पूर्ण लामाहरूको आस्थामा ठेस पुर्‍याएको भन्दै सिक्किम लामा एसोसियसन तथा अल इन्डिया बुद्धिस्ट फोरमलगायतका संस्थाहरूले कबड्डी–४ को प्रदर्शनमा रोक लगाउन पर्ने माग राख्दै आएका थिए ।

यही जेठ १३ गते नेपालमा रिलिज भएको कबड्डी–४ सिक्किमको राजधानी ग्यांगटोक र नाम्चीमा यही जेठ १७ गते प्रदर्शन गर्ने तयारी थियो । तर सिक्किम लामा एसोसियसन तथा अल इन्डिया बुद्धिस्ट फोरमलगायतका संस्थाहरूले कबड्डी–४ को प्रदर्शनमा रोक नलगाइए हलमा हुने तोडफोड र क्षतिको जिम्मेवारी आफूहरूले नलिने बताएका थिए ।

उनीहरुले पत्रकार सम्मेलन गरी दयाहाङ राईले निभाएको लामाको चरित्रले बुद्धिज्म र भिक्षुहरूमाथिको अन्याय भएको बताएका छन् । पत्रकार सम्मेलनमा बौद्ध भिक्षु ओन्डी पिन्टोले भने, “यसबारेमा सबैले आवाज उठाउनुपर्छ । नेपालमा पनि यो विवाद समाधान हुनुपर्छ।”