२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीकटक बनाउने क्रममा सेती नदीमा खसेर  युवती बेपत्ता



अ+ अ-

तनहुँ । टीकटक बनाउने क्रममा सेती नदीमा खसेर तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् । 

शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल मंगलबार बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी जारी छ । 

उनीसँगै गएका साथीहरुका हनुसार घुम्ने क्रममा साथीहरुसँग टीकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेकी थिइन्  ।