२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन



अ+ अ-

मुग्लिन । पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक  सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।