२५ भाद्र २०८३, बिहीबार
,
Latest
नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरीसहित परेको पानीले गोलभेँडा खेतीमा क्षति



अ+ अ-

दाङ । हावाहुरीसहित मङ्गलबार दिउँसो परेको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टे कृषि सहकारी संस्थाको गोलभेँडा खेतीमा क्षति गरेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रको रु २५ लाख र संस्थाको रु २५ लाख गरी कूल रु ५० लाखको लागतमा गरिएको  गोलभेँडा खेती हावाहुरीसहितको पानीले नष्ट गरेको संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिनुभयो । तरकारी खेतीका लागि पटेक क्षेत्रमा चिनिने भट्टेगाउँको दुई बिघा बढी जमिनमा टनेलमा गोलभेँडा खेती गरिएको थियो ।

हावाहुरीले १४० टनेलमा गरिएको गोलभेँडा खेतीलाई पूर्णरूपमा क्षति पुर्याएको संस्थाका अध्यक्ष वलीले जानकारी दिनुभयो । पाक्न लागेका गोलभेँडा दशैँअगावै बिक्रीका लागि किसानले तयारी गरिरहेका थिए । एक्कासी हावाहुरी तथा पानी नष्ट गरेपछि किसान चिन्तित छन् । सहकारीमा आवद्ध भएर सो गाउँका १०० बढी किसानले तरकारी खेती, बाख्रापालन, भैँसीपालन गर्दै आएका छन् ।