९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न मुख्यमन्त्री पाण्डेको आग्रह

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न मुख्यमन्त्री पाण्डेको आग्रह
अ अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न आफ्नो प्रदेश अन्तरगतका स्थानीय तहहरुलाई आग्रह गर्नु भएको छ ।

सोमबारबाट हेटौंडामा सुरु भएको बागमती प्रदेश अन्तरगतका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले गरिव तथा सामाजिक विभेदमा परेकाहरुको उत्थान हुने खालको नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसैसँग जोडेर बजेट ल्याउन पनि स्थानीय तहको ध्यानाकर्षण गराउनु भयो । एकल महिला, दलित, लोपोन्मुख, सिमान्तकृत समूदाय, अपांगता भएका महिलाहरुको सशक्तिकरणका लागि सीप, पूँजी र प्रविधिको उपयोग गरिने कुरालाई स्थानीय सरकारले पनि विशेष रुपले अघि बढाउनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न स्थानीय सरकारलाई ध्यान दिन आग्रह गर्दछु । प्रदेश सरकारले एकल महिला, दलित, लोपोन्मुख तथा सीमान्तकृत समुदाय र अपांगता भएका महिलाको सामाजिक, आर्थिक सशक्तिकरणका लागि सीप, पूँजी र प्रविधिको अधिकतम उपयोग गरिनेछ भनेर जोड दिएको छौं । ती समूदायलाई माथि उठाउने काममा तपाईहरु पनि लाग्नुुस । स्थानीय सरकारले असार १० गते बजेट ल्याउँदै छन । ती बजेटमा प्रदेश सरकारले ल्याएका यस्ता नीतिहरुलाई जोडनुहोस । प्रदेश सरकार स्थानीय सरकारसँगै मिलेर अघि बढने भएकाले सँगसँगै अघि बढने खालका बजेट ल्याउन आवश्यक छ ।’

मुख्यमन्त्री पाण्डेले व्यापक बहस गरेर कानुन निर्माण गर्ने र त्यसको पूर्ण कार्यान्वयनमा जोड दिन पनि स्थानीय जनप्रतिनिधिहरु सफल हुने विश्वास व्यक्त गर्नु भयो । स्थानीय तहलाई नै हेरेर प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने भएकाले त्यसै अनुसार स्थानीय तहले पनि बजेट ल्याउँदा उपयुक्त हुने उहाँले बताउनु भयो ।

दुई दिनसम्म चल्ने अभिमुखिकरण कार्यक्रममा स्थानीय सरकार संचालन र स्थानीय विकास सम्बन्धमा विस्तृत छलफल हुनेछ ।