२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाले गर्‍यो दुई ब्यालेस्टिक मिसाइल परीक्षण



अ+ अ-

एजेन्सी । उत्तर कोरियाले दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । 

दक्षिण कोरियाका ज्वइन्ट चिफ स्टाफले यसको पुष्टि गरेको योन्हाप न्युजले उल्लेख गरेको छ । 

यद्यपि यस विषयमा जापान र दक्षिण कोरियाले विस्तृत जानकारी भने दिएका छैनन् । केही दिनपहिले मात्र उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेको थियो ।

यता राष्ट्रसंघले भने क्रुज मिसाइलको प्रक्षेपणमा कुनै रोक लगाएको छैन । ब्यालेस्टिक मिसाइललाई धेरै खतरानक मान्ने गरिएको छ । 

ब्यालेस्टिक मिसाइलले धेरै छिटो निशानामा प्रहार गर्न सक्ने बताइएको छ ।