• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

अन्तर–बैंक एटीएम प्रयोग गर्दा अब बैंकले शुल्क नलिने



काठमाडौँ । एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसाँ झिक्दा शुल्क नलिने भएको छ ।

बैंकहरुले जथाभावी शुल्क लिएको पाइएपछि राष्ट्र बैंकले शुल्क सम्बन्धी नयाँ व्यवस्था लागू गर्दै एटीएम भुक्तानीबारे नयाँ व्यवस्था लागू गरेको हो ।

स्वदेश भित्र कुनै पनि बैंकले जारी गरेको एटीएम कार्डबाट अर्को बैंकको एटीएमबाट पैसा झिक्दा बढीमा २० रुपैयाँमात्र शुल्क लिन पाइने व्यवस्था गरेको निर्देशिकामा उल्लेख गरिएको छ ।

उक्त शुल्क एक महिनामा दुई पटकभन्दा धेरै कारोबार गरेमात्र लिन पाइने भएको हो । महिनामा दुई पटकसम्म भने कुनै शुल्क लिन नपाइने राष्ट्र बैंकले जनाएको छ ।