• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभामा आज तीन वटा मन्त्रालयको बजेटमाथि छलफल हुने ★   राष्ट्रपति पौडेल जर्मनीमा ★   ओली र लामिछानेले किन दाहाललाई तर्साउन थाले ? ★   हारेको खेलबाट नेपालले जितेको प्रशंसा, देश भित्रको अवस्था भने दयालाग्दो ★   पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो ★   बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन ★   सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस ★   एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन ★   कोशी प्रदेशः ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक ★   गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट

माओवादी केन्द्रभित्र अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउनेबारे छलफल



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) भित्र अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता बोलाउने बारे छलफल भएको छ । खासगरी अर्थमन्त्री शर्माको काम कारवाहीलाई लिएर उनलाई फिर्ता बोलाउनेबारे पार्टीभित्र छलफल भएको बताइएको छ ।

अर्थमन्त्रीको गतिविधिबाट पार्टी नै नाङ्गिने अवस्था आएको भन्दै पार्टी अध्यक्षसँग अर्थमन्त्री शर्मालाई फिर्ता गर्नुपर्ने माग पार्टीभित्र उठेको बताइएको छ ।

सो सम्बन्धमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो आइतबार अर्थमन्त्री शर्मालाई आफ्नो निवास खुमलटारमा बोलाएर छलफल गरेको समाचार छ । करिब दुई घण्टासम्म छलफल भएको भए पनि के विषयमा छलफल भएको भन्नेबारे खुलाइएको छैन ।

संकटमा परेको अर्थतन्त्रलाई उकास्ने गरी अर्थमन्त्री शर्माले कुनै कदम नचालेको भन्दै माओवादी केन्द्रभित्र उनको आलोचना भइरहेको छ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्र समेत शर्माको क्रियाकलापलाई लिएर आलोचना भइरहेको छ ।

बजेटको पूर्वसन्ध्यामा अर्थमन्त्रीलाई हटाउँदा नराम्रो सन्देश जाने भन्दै बजेट घोषणापछि उनलाई हटाउने योजनालाई पर सारिएको बताइएको छ ।