२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सक्किगोनी’ अब जेपिटी क्रियसन युट्युव च्यानलमार्फत आउने



अ+ अ-

काठमाडौं । चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगोनी’ अन्ततः आफ्नै युट्युव च्यानल मार्फत आउने भएको छ । 

यसअघि शोको युट्युव राइट्स ओ एस आर डिजिटलले लिएको थियो । 

ओएसआरसँगको सम्झौता अवधी सकिएको र नयाँ सम्झौता नभएको कारण ‘सक्किगोनी’को आफ्नै युट्युव च्यानल जेपिटी (जिग्री पाँडे टिम) क्रिएसन अफिसियलबाट सार्वजनिक हुने भएको हो । 

अब बिहीबार राति ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियलबाट आउने भएको छ ।

ओएस आर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युवबाट प्रसारण गर्ने निर्णय गरिएको सक्किगोनीका कलाकार तथा निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।

‘ओएसआरसँग ५२ भागसम्मको सम्झौता थियो तैपनि ६० भाग प्रसारण भइसकेको छ । अब हाम्रो आफ्नै च्यानलमा ल्याउने निर्णय गरेका हौं।’ जिग्रीले जेपिटी क्रियसन अफिसियलबाट आउनुको कारण खुलाए।