२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी फुटेर घाइते भएपनि देशको सबैभन्दा ठूलो शक्ति एमाले नै होः घनश्याम भुसाल



अ+ अ-

बुटवल । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी विभाजनका कारण एमाले घाइते भएपनि अझै देशको सबैभन्दा ठूलो राष्ट्रिय शक्ति भएको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित रुपन्देहीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘हामी पछारिएका छौं, घाइते भएका छौ । आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं तर अहिले पनि ठूलो शक्ति छौं ।’ 

एमाले जिम्मेवार भूमिकामा रहनुपर्ने र मात्तिने छुट नभएको उल्लेख गर्दै नेता भुषालले मुलुकमा एमालेलाई हराउने शक्ति नरहेको र फेरि पनि २०७४ सालकै वर्चश्वमा एमाले फर्किने दावी समेत गरे ।