१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘सिल्ली फो’ असार ३१ गतेबाट हलमा लाग्दै



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र ‘सिल्ली फो’ असार ३१ गतेबाट सार्वजनिक हुँदैछ ।

आईतवार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा यसबारे जानकारी गराइएको हो । कमेडी विधामा निर्मित फिल्ममा नायिका केकी अधिकारी, धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकार छन् । राजबहादुर साने निर्देशित फिल्ममा ४ जना बदमास पात्रको कथा समेटिएको छ ।

फिल्ममा आफ्नो भुमिका स्ट्रगल कलाकारको रुपमा रहेको नायिका अधिकारीले बताइन् । आफूले गरेकै अनुभवलाई फिल्ममा अभिनय गर्न सहज भएको बताइन् । त्यस्तै कार्यक्रममा कलाकार रविन्द्र झाले फिल्म खेल्दा नै रमाइलो लागेको प्रतिक्रिया दिनुभयो । उहाँले कथामा ४ सिल्ली को रहेछन् भन्ने कुरा महत्वपूर्ण रहेको बताउनु भयो । त्यस्तै वरिष्ठ कलाकार राजाराम पौडेलले फिल्मको अभिनय गर्दा रमाइलो अनुभव भएको बताउनु भयो ।

फिल्म नेपालगञ्ज आसपासका स्थानमा छायांकन गरिएको हो । फिल्ममा केकीका बाहेक धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल, अनिता लामिछाने लगायतका कलाकारको अभिनय छ । यही फिल्मबाट दिनेश रेग्मी, भुगोल कार्की र रमेश बजगाईंले अभिनयमा डेब्यु गर्दैछन् । ह्याप्पी फिल्मको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् भने विशाल श्रेष्ठ र सागर विष्ट सह–निर्माता रहेका छन् ।

फिल्ममा रवी केसीको मेकअप, शिव विकको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, दिव्यराज सुवेदीको छायाङ्कन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन् ।