• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

बेनिशा, निराजन र धमलाले रिबन काटेर गरे ‘ब्रिज हेयर एन्ड ब्युटी सलुन’को उद्घाटन



काठमाडौँ । प्रर्दशनको तयारीमा रहेको चलचित्र प्रेमगञ्ज’का कलाकारसँगै पत्रकार ऋषि धमलाले ब्रिज हेयर एन्ड ब्युटी सलुन’को उद्धघाटन गरेका छन् ।

काठमाडौँको बौद्ध क्षेत्रमा खुलेको सलुनको शनिबार नेपाली फिल्म क्षेत्रका चर्चीत ब्यक्तीहरुबाट ‘ब्रिज हेयर एण्ड वियुटी सलोन’को ‘प्रेमगञ्ज’का कलाकार बेनिशा हमाल र तेज गिरीले रिबन काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा अभिनेता निराजन प्रधान र पत्रकार ऋषि धमला पनि उद्घाटन कार्यक्रममा साथ दिएका थिए ।

अनिल थापाले सञ्चालनमा ल्याएको सलोनको उद्धघाटन कार्यक्रममा बोल्दै अभिनेत्री हमालले हरकोहीलाई राम्रो वा राम्री बन्न मन लाग्ने भएकाले ब्रिज हेयर एन्ड ब्युटी सलुन’ले त्यो अपेक्षा पूरा गरोस् भन्ने शुभेच्छा दिइन् । ‘हामी हर कोही अरुबाट राम्रो देखिएको सुन्न चाहान्छौँ । यो सलुनले हामी जस्ताको चाहना पूरा गर्छ भन्ने अपेक्षा छ,’ उनले सलुन उद्घाटनपछि भनिन् । श्रृंगारका उत्कृष्ट प्रशाधन र ग्राहकमैत्री सेवाको साथ व्यवसाय चलाउन उनले सुझाव पनि दिइन् ।

यस्तै अभिनेता निराजन प्रधानले पनि कलाकार मात्र नभएर हरकोही सौन्दर्यप्रति सचेत हुँदै गएकाले यस्ता सलुनको महत्व बढिरहेको बताए । उनले भने, कलाकारहरुले शीरदेखि पाउसम्म राम्रो देखियोस् भनेर ध्यान दिने गरेको बताउँदै त्यसमा व्युटी र ह्याण्डसम पार्लरहरुको पनि देन रहेको बताएकान छन् ।

पत्रकार धमलाले पछिल्लो समय पार्लर र सलुन जानेको आर्कषण बढेको बताए । उनले भने ‘म सधैँ व्यस्त रहने मान्छे हुँ । भ्याएसम्म चिटिक्क परेरै हिँडछु । सलुन नै जान्छु कहीँ नगए पनि मान्छेहरूमा सलुनको आकर्षणप्रति म कदर गर्छु ।’ सञ्चालक थापाले भारत, बेलायत तथा अमेरिकामा लामो समय यो क्षेत्रमा गरेको अनुभवले नेपालमा सलुन खोल्न प्रेरित गरेको बताए ।

‘मैले भारतदेखि बेलायत अमेरिकासम्म पनि सलुन र सौन्दर्यको बारेमा जे जति ज्ञान हासिल गरेँ, ‘अब स्वदेशमै केही गर्न चाहन्छु भनेर ब्रिज हेयर एण्ड व्युटी सलुन यो त्यसैको परिणाम हो । ‘सबैको साथ र सहयोग पाउनेमा विश्वस्त छु ।’

यसले सुन्दर बन्न चाहाने युवा युवतीको चाहाना पूरा गर्ने गरी काम गर्छौँ,’ अनिल थापाले भने । सलुनलाई प्रेमगन्जका अभिनेता तेज गिरीले पनि शुभकामना दिएका थिए ।