२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनिशा, निराजन र धमलाले रिबन काटेर गरे ‘ब्रिज हेयर एन्ड ब्युटी सलुन’को उद्घाटन



अ+ अ-

काठमाडौँ । प्रर्दशनको तयारीमा रहेको चलचित्र प्रेमगञ्ज’का कलाकारसँगै पत्रकार ऋषि धमलाले ब्रिज हेयर एन्ड ब्युटी सलुन’को उद्धघाटन गरेका छन् ।

काठमाडौँको बौद्ध क्षेत्रमा खुलेको सलुनको शनिबार नेपाली फिल्म क्षेत्रका चर्चीत ब्यक्तीहरुबाट ‘ब्रिज हेयर एण्ड वियुटी सलोन’को ‘प्रेमगञ्ज’का कलाकार बेनिशा हमाल र तेज गिरीले रिबन काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा अभिनेता निराजन प्रधान र पत्रकार ऋषि धमला पनि उद्घाटन कार्यक्रममा साथ दिएका थिए ।

अनिल थापाले सञ्चालनमा ल्याएको सलोनको उद्धघाटन कार्यक्रममा बोल्दै अभिनेत्री हमालले हरकोहीलाई राम्रो वा राम्री बन्न मन लाग्ने भएकाले ब्रिज हेयर एन्ड ब्युटी सलुन’ले त्यो अपेक्षा पूरा गरोस् भन्ने शुभेच्छा दिइन् । ‘हामी हर कोही अरुबाट राम्रो देखिएको सुन्न चाहान्छौँ । यो सलुनले हामी जस्ताको चाहना पूरा गर्छ भन्ने अपेक्षा छ,’ उनले सलुन उद्घाटनपछि भनिन् । श्रृंगारका उत्कृष्ट प्रशाधन र ग्राहकमैत्री सेवाको साथ व्यवसाय चलाउन उनले सुझाव पनि दिइन् ।

यस्तै अभिनेता निराजन प्रधानले पनि कलाकार मात्र नभएर हरकोही सौन्दर्यप्रति सचेत हुँदै गएकाले यस्ता सलुनको महत्व बढिरहेको बताए । उनले भने, कलाकारहरुले शीरदेखि पाउसम्म राम्रो देखियोस् भनेर ध्यान दिने गरेको बताउँदै त्यसमा व्युटी र ह्याण्डसम पार्लरहरुको पनि देन रहेको बताएकान छन् ।

पत्रकार धमलाले पछिल्लो समय पार्लर र सलुन जानेको आर्कषण बढेको बताए । उनले भने ‘म सधैँ व्यस्त रहने मान्छे हुँ । भ्याएसम्म चिटिक्क परेरै हिँडछु । सलुन नै जान्छु कहीँ नगए पनि मान्छेहरूमा सलुनको आकर्षणप्रति म कदर गर्छु ।’ सञ्चालक थापाले भारत, बेलायत तथा अमेरिकामा लामो समय यो क्षेत्रमा गरेको अनुभवले नेपालमा सलुन खोल्न प्रेरित गरेको बताए ।

‘मैले भारतदेखि बेलायत अमेरिकासम्म पनि सलुन र सौन्दर्यको बारेमा जे जति ज्ञान हासिल गरेँ, ‘अब स्वदेशमै केही गर्न चाहन्छु भनेर ब्रिज हेयर एण्ड व्युटी सलुन यो त्यसैको परिणाम हो । ‘सबैको साथ र सहयोग पाउनेमा विश्वस्त छु ।’

यसले सुन्दर बन्न चाहाने युवा युवतीको चाहाना पूरा गर्ने गरी काम गर्छौँ,’ अनिल थापाले भने । सलुनलाई प्रेमगन्जका अभिनेता तेज गिरीले पनि शुभकामना दिएका थिए ।