२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई ध्वस्त पार्न खोजिएको थियो, कार्यकर्ताले बचाएः ओली



अ+ अ-

बुटवल । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीलाई ध्वस्त पार्न खोजिएको आरोप लगाएका छन् । 

बुधबार बुटवलमा आयोजित भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले केही व्यक्तिहरूले एमालेलाई समाप्त पार्न खोजेपनि उनीहरू सफल हुन नसकेको बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘यो पार्टी ध्वस्त पार्न खोजिएको थियो, खोस्न खोजिएको थियो । तर देशभरका कार्यकर्ताले पार्टी जोगाउनुभएको छ ।’

यस्तै फरक प्रसंगमा कांग्रेसप्रति कटाक्ष गर्दै ओलीले भने ‘नाकाबन्दी भयो भने लुसुक्क सुत्छ, नाकाबन्दी भन्न सक्दैन तर हाम्रो बाटो छेक्न पाउँदैन भन्न सक्दैन, हाम्रो पार्टीबाट कोही बिग्रिएर तिनले लगेर बनाएदिए भने केही होला ।’  

कम्युनिस्ट शासनमा मात्र आधुनिक विकास हुने बताउँदै ओलीले भने ‘यस देशलाई सुशासन र विकासको माध्यमबाट समृद्ध हासिल गर्न सकिन्छ । यस देशको गरिबी हटाउनका लागि, पछौटेपन हटाउनका लागि, अशिक्षा र बेरोजगारी जस्ता कुराहरु हटाउनका लागि र देशलाई पूर्वाधारहरुको विकास गर्दै आधुनिक विकसित नेपालमा रुपान्तरित गर्न कम्युनिस्ट पार्टीले मात्र सक्छ भन्ने कुरा केही वर्षदेखि प्रष्ट देखिएको छ,’