• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो ★   चर्चित कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्दै ★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए

सिकलसेल इमिनियासम्बन्धी अस्पताल खोल्न माग



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद तेजलाल चौधारीले थारुलाई मात्रै लाग्ने सिकलसेल इमिनिया नियन्त्रणका लागि अनुसन्धानमा मात्रै सीमित नभएर लुम्बिनी र सुदूरपश्चिममा त्यस रोगसम्बन्धी अस्पतालसमेत स्थापना गर्न माग गर्नुभएको छ ।

विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले तराई–मधेसका थारु जातिको स्वास्थ्यमा सरकारले ध्यान दिन नसकेको तथा सरकारी क्षेत्रका अस्पतालमा सुविधा, जनशक्ति र क्षमता बढाउन आग्रह गर्नुभयो ।

सांसद चौधरीले सरकारका नियुक्तिमा समावेशीताका आधारमा नियुक्त गर्न पनि आग्रह गर्नुभयो । नेकपा (एमाले) का सांसद डा विजय सुब्बाले सवारी साधनमा इम्बोस्ड नम्बर राख्ने निर्णयले नेपाली भाषालाई समाप्त पार्ने बताउनुभयो । उहाँले सरकारले त्यस्ता गलत कार्य गर्न कुनै स्वार्थ समूहले प्रभावित पारिरहेको आशङ्का व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशचन्द्र दासले मुलुकको अधिकांश बजेट सहरी क्षेत्रमा विनियोजन गरिएको र तर अत्यधिक जनता बसोबास गर्ने गाउँका बासिन्दाको आधारभूत सुविधा दिन सङ्घीयता अनुकूल बजेट विनियोजन हुन नसकेको बताउनुभयो ।