१७ असार २०८३, बुधबार
,
Latest
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला फोहरबाट आम्दानी गर्दै मध्यविन्दु ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व संकलन चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतारमा विद्यालय नखोल्न निर्देशन



अ+ अ-

काठमाडौ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग बुधबार स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

उहाँले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताउनुभयो । उहाँले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको छ । उहाँले स्थानीय तहमा रहेको कोभिड–१९ को जोखिम आँकलन गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ पालना गरी मात्रा विद्यालय खोल्न भनिएको बताउनुभयो ।  

शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न निर्देशन दिएको छ । विद्यालयले यही असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ । उहाँले विद्यालय खोल्नुअघि ती ठाउँमा परीक्षण र उपचारको व्यवस्था समुचित व्यवस्था मिलाउनुसमेत भनिएको छ । विद्यालय खोल्नुअघि बालबालिकाको स्वास्थ्य र उपचार गर्नुपर्ने उहाँले बताउनुभयो । 

उहाँले कोभिड–१९ को सङ्क्रमण घटे पनि जोखिम नघटेको बताउनुभयो । “सबै पालिकामा एउटै अवस्था छैन । सबै विद्यालयमा पनि एउटै अवस्था छैन”, उहाँले भन्नुभयो, “त्यसैले विद्यालयको अवस्था र स्वास्थ्यको मापदण्ड पालना गर्नसक्ने स्थिति हेरी मात्र विद्यालय खोल्नुहोस् ।”

छलफलमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेश, (ऐनप्याब्सन) र अभिभावक सङ्घको सहभागिता थियो । रासस