२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘उद्योग व्यवसायको सुरक्षा प्रबन्ध हुनेछ’



अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको अर्थतन्त्रको उन्नयनमा टेवा पु¥याइरहेका उद्योग–व्यवसायको समूचित प्रबन्ध हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल एलपी ग्यास उद्योग संघको २६ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले देशको अर्थतन्त्रको विकासमा केही हदसम्म भए पनि योगदान गरेको ग्यास उद्योगलाई प्रवद्र्धन गरिने बताउनुभयो ।
 
“आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन वर्तमान सरकारको उच्च प्राथमिकताको विषय भएकाले ग्यास उद्योग मात्र नभई देशका सम्पूर्ण उद्योगको ध्यान त्यसतर्फ केन्द्रित हुन आवश्यक छ”, उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–व्यवसायीहरूलाई आह्वान गर्दै गृहमन्त्रीले भन्नुभयो ।
 
उहाँले ग्यासमा मात्र नभई बिजुली र सौर्य ऊर्जा प्रवद्र्धनमा पनि लगानी गर्न ग्यास उद्योगीलाई आग्रह गर्नुभयो । स्वच्छ ऊर्जामा गरिने लगानीले दीगो प्रतिफल प्रदान गर्ने तर्क गर्दै उहाँले राष्ट्रिय उत्पादकत्व वृद्धिबाटै समृद्धि तर्फको नेपालको यात्रा सहज हुने विचार व्यक्त गर्नुभयो । उहाँले नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलाई गत आवमा उत्कृष्ट कार्यसम्पादन गरेबापत सम्मान गर्नुभयो । सङ्घले नेपाल सरकारको निर्णयबमोजिम सर्वोत्कृष्ट ठहरिनुभएका पुडासैनीलाई सम्मान गरिएको प्रष्टीकरण दिएको छ ।
 
उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले औद्योगिक सुरक्षा, उद्योग धन्दाको विकास र उपभोक्ता हित प्रवद्र्धन सरकारको चाहना भएकाले देशका राष्ट्रियहित र आर्थिक विकासमा सघाउने कर्तव्यबाट उद्योग क्षेत्र विमुख हुनु हुँदैन भन्नुभयो ।” राष्ट्रिय उद्योगहरूको संरक्षण गर्न सरकार सधैँ क्रियाशील रहेको बताउँदै उहाँले उद्यमी–व्यवसायीका समस्या समाधानका निम्ति उनीहरूसँग सहकार्य गर्न तयार रहेको दोहो¥याउनुभयो ।
 
सङ्घका अध्यक्ष गोकुल भण्डारीले अर्बौको लगानी भएको ग्यास उद्योगलाई सरकारी संरक्षण र प्रवद्र्धन अपरिहार्य भएको बताउँदै त्यस निम्ति नेपाल आयल निगमलगायत संस्थाको साथ र सहयोगको अपेक्षा सङ्घले गरेको बताउनुभयो ।