२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव घोषणा गरे हुन्छ गठबन्धनलाई भत्काउन एमाले तयार छ : पोखरेल



अ+ अ-

काठमाडौं । एमाले नेता शंकर पोखरेलले गठबन्धनलाई एमालेले देखाउने बताएका छन् । बिहीबार ट्वीटरमार्फत उनले गठबन्धन बनाएर एमाले सिध्याउछौँ भन्नेहरुले चुनाव घोषणा गरे एमाले त्यसलाई सामना गर्न तयार भएको बताएका हुन् ।

‘गठबन्धन बनाएर एमाले सिध्याउछौँ भन्नेहरुले चुनाव घोषणा गरे हुन्छ एमाले त्यसलाई सामना गर्न तयार छ।’ उनले भनेका छन्, ‘संसद र सरकारको हुर्मत त दुई महिनामै लिसक्यो गठबन्धन सरकारले।’

संसदको विघटन  संसदीय लोकतन्त्रको अन्त्यका लागि नभई चुनावका भएको बताउँदै पोखरेलले लेखेका छन्,‘संसद विघटन गर्नेहरु संसदमा जानु हुँदैन भन्नेहरु पनि छन्। तर संसदको विघटन चुनावका लागि थियो, संसदीय लोकतन्त्रको अन्त्यका लागि होइन।’

उनले परमादेशी गठबन्धन सरकार सत्तास्वार्थमा लिप्त भएकाले मुलुकमा ुबजेट होलिडेुको संकट निम्तिएको होस गर्न नसकेको भन्दै व्यङ्य गरेका छन्।