काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ हात्तीटार नजिकै जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु र एक बालक पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मृत्यु हुनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका–६ का अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजप् ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।