११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको फोहोर व्यवस्थापन हुने,ल्याण्डफिल क्षेत्रका जनप्रतिनिधिसंग सहमति (सहमतिपत्रसहित)



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालीका र सिस्डोल- बन्चरेडाँडाका जनप्रतिनिधि बिच काठमाडौंको फोहोर उठाउने सहमति भएको छ। राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय देखि वडा अध्यक्षहरूको उपस्थितमा १८  बुँदे  सहमति भएको छ ।

केही दिन अघि धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापन गर्न दिने सहमति भए पनि सिस्डोल( बन्चरे डाँडाका स्थानीय जनप्रतिनिधिहरुले मानेका थिएनन् ।

सहमति अनुसार फोहोर ढुवानी रातिको समयमा गर्ने, आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, लगायतका १८  बुँदे सहमति भएको छ ।

सहमति पत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल सहित सिसडोल र बञ्चरे डाँडाको प्रभाबित क्षेत्रका जनप्रतिनिधिले हस्ताक्षर गरेका छन् ।