७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन

वर्षा सुरु भएसँगै मनाङवासीमा त्रास

वर्षा सुरु भएसँगै मनाङवासीमा त्रास
अ+ अ-

मनाङ । नेपालभर मनसुन फैलिने क्रममा छ । मनसुन फैलने क्रमसँगै वर्षाको सुरुआत भइसकेको छ । वर्षा सुरु भएसँगै हिमाली जिल्ला मनाङवासीको त्रास बढेको छ । गत वर्षको ३१ जेठ र असारको पहिलो साता मस्र्याङ्दी नदीमा आएको बाढीबाट प्रभावित मनाङवासीमा त्रास बढेको हो ।

गत वर्षको बाढीका कारण घरबारविहीन भएका मनाङ नासों गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित अझै टेन्ट र टहरामै बस्न बाध्य छन् । वर्षाको सुरुआत भएपछि उनीहरूमा यस वर्ष पनि त्रास बढेको छ । हिउँदको चिसो कठ्याङ्ग्रिदै कटाएका बाढी प्रभावितका लागि सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । बाढीका कारण विस्थापित तालगाउँ र सिरानतालका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आसमा छन् ।

वर्षा सुरु भइसकेकाले मनाङवासी तथा विशेषगरी तालगाउँवासीमा त्रास बढेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । सुरक्षित आवास अभावमा उनीहरूले भत्किएका संरचनामा बाढीले ल्याएको गिट्टी, बालुवा, ढुङ्गा हटाएर टिनको टहरा निर्माण गरी बसेको आचार्यले बताउनुभयो । उहाँका अनुसार गत मङ्सिरमा गण्डकी प्रदेश सरकारले दिएको रु दुई लाख र नासों गाउँपालिकाले दिएको रु एक लाखले अस्थायी टहरा बनाएर बसेका छन् ।

बाढीपीडितका लागि वर्षायामअगावै स्थानान्तरण वा सुरक्षित बासको व्यवस्था गर्ने योजना तयारी गर्न नसकिएको प्रजिअ आचार्यले बताउनुभयो । तीन तहको सरकारसँग आग्रहपश्चात यहाँका स्थानीयवासी सुरक्षित हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । गत वर्ष मस्र्याङ्दी नदीको बाढीले तालगाउँ र सिरानतालको बस्ती तहसनहस पारेको थियो ।

जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित बासस्थानको खोजीमा भौतारिएका स्थानीयवासीलाई हिउँदभित्रै घर बनाउने भनिए पनि वर्षा सुरु हुँदासम्म पनि टहराबाट सार्न नसकिएको उहाँ बताउनुहुन्छ । वर्षा लागिसक्दा पनि सुरक्षित बासको अझै ठेगान नहँुदा पुख्र्यौली थातथलो नै छाड्नुपर्ने हो कि भन्ने चिन्ताले बाढीपीडित रातमा निदाउन नसकेको बताउँछन् ।

सुरक्षित स्थानको पहिचान नहुँदा उनीहरूले व्यक्तिगत तवरमा घर बनाउन समेत पाएका छैनन् । जग्गा अभावका कारण बाढी प्रभावितको सुरक्षित आवास निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो । सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको प्रजिअ आचार्यले बताउनुभयो ।

तालगाउँका बाढी प्रभावित मीनकासी गुरुङले टिनको टहरा बनाउन लामो समय कुर्नुपरेको बताउनुभयो । “ढिलै भए पनि वर्षायाममा ओत लाग्ने ठाउँ बनेको छ । सरकार रहेको आभास भएको छ”, उहाँले भन्नुभयो, “अझै त्रास कम भने भएको छैन । यस वर्ष पनि नदीमा बाढी नआउँला भन्न सकिँदैन । यसको त्रास भने हामीलाई छ ।”

नदी किनारमा रहेको तालगाउँ बाढीको उच्च जोखिमको क्षेत्र मानिन्छ । सिरानताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । भौगर्भिक अध्ययनको नतिजापश्चात यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी रहेको प्रजिअ आचार्यले बताउनुभयो । अध्ययनपछि उक्त ठाउँमा बस्न मिल्ने वा नमिल्ने विषयमाथि निष्कर्ष निकालिनेछ । यहाँका आधा जति बासिन्दा तालमै बस्न इच्छुक छन् ।

सिरानताल र तालगाउँवासीको निजी आवास निर्माण गर्न सकिएको छैन । मस्र्याङ्दी नदी किनारमा रहेको यी गाउँलाई सुरक्षित बनाउनका लागि तटबन्धन लगाउन थालिएको छ । तर पूरा गर्न अझै समय लाग्नेछ ।