७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन

विपद् कोषको रकम खर्च हुँदैन, पीडितले राहत पाउँदैनन्

विपद् कोषको रकम खर्च हुँदैन, पीडितले राहत पाउँदैनन्
अ+ अ-

काठमाडौँ । विभिन्न विपद्बाट प्रभावित जनतालाई तत्काल राहत तथा उद्धार एवं पुर्नस्थापनाका लागि सरकारी कोषमा अहिले रु छ अर्ब ७९ करोड ९० लाख नौ हजार रकम मौजात रहेको छ । यसमा विभिन्न स्थानीय तहले विनियोजन गरेको रकम समावेश गरिएको छैन ।

प्रकोप पूर्वतयारी सञ्जाल (डिपीनेट)को २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले प्रस्तुत गर्नुभएको विवरण अनुसार हाल प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा रु तीन अर्ब पाँच करोड ९१ लाख, राष्ट्रिय विपद् व्यवस्थापन कोषमा रु दुई अर्ब छ करोड, प्रदेश विपद् व्यवस्थापन कोषमा रु ५९ करोड ४४ लाख ९० हजार र जिल्ला विपद् व्यवस्थापन कोषमा एक अर्ब आठ करोड ५४ लाख १९ हजार रकम मौजाद रहेको छ ।

मनसुनको आवागमनसँगै आउनसक्ने विपद्को क्षतिमा प्रभावित जनतालाई प्रदान गर्ने गरी स्थापना गरिएका ती विभिन्न कोषको रकम खर्च हुन नहुँदा पीडित तथा राहत उद्धारमा संलग्न निकायहरुले समयमै भुक्तानी पाउन सकेका छैनन् । केन्द्रीयस्तरदेखि स्थानीय तहसम्मले विभिन्न राहत कोषहरुको स्थापना गरेपनि त्यसको खर्च गर्ने कार्ययोजना नबन्दा विपद्बाट प्रभावित समुदाय एवं राहत उद्धारमा संलग्न निकायहरुले वर्षौंसम्म भक्तानी पाउन नसकेको कार्यक्रममा वक्ताहरुले गुनासो गरेका छन् ।

प्रकोप पूर्वतयारी सञ्जाल ९डिपीनेट०को २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पूर्व शिक्षामन्त्री डा गङ्गालाल तुलाधरले राज्यसँग पर्याप्त रकम मौजाद हुँदाहुँदै पनि विपद्मा परेका समुदायलाई तत्काल राहत तथा उद्धारका लागि आवश्यक रकमको परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीको अध्यक्षतामा गठित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदका विज्ञ सदस्यसमेत रहनुभएका डा तुलाधरले विपद्का क्षेत्रमा पछिल्लो समय नीतिगत व्यवस्था, संस्थागत संरचनाको स्थापना, पूर्व सूचना प्रणाली, दक्ष जनशक्ति र आवश्यक आर्थिक स्रोत उपलब्ध हुँदा पनि राजनीति नेतृत्वमा इच्छाशक्तिको अभाव र कर्मचारीतन्त्रले विभिन्न कानूनी अडचन देखाएर पन्छिने प्रवृत्तिले विपद्को पूर्वतयारीदेखि प्रतिकार्य र पुनःस्थापना कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले विज्ञानमा आधारित जोखिम संवेदनशीलतालाई सबैले मनन गरी विपद्मा परेका समुदायको पक्षमा मानव महापूण्यमा लाग्न आग्रह गर्नुभयो ।

एक साता छिटो शुरु भएको यस वर्षको मनसुन नेपालको पूर्व दिशा हुँदै पश्चिमतिर सक्रिय भइरहँदा विगत वर्षहरुको तुलनामा यस वर्ष बढी वर्षा भई ठूलो क्षति हुनसक्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरिसकेको छ । विभागले यस वर्षको मनसुनको समयमा चार लाख २१ हजार घरधुरीका करिब २० लाख जनसङ्ख्या प्रत्यक्ष प्रभावित हुने आँकलन गरिसकेको अवस्थामा भोलि विपद् आएमा त्यसबाट प्रभावित समुदायको उद्धार, राहत र पुर्नस्थापनाका लागि आवश्यक रकमको परिचालनमा कुनै कठिनाइ हुन नहुने देखिन्छ ।

प्राधिकरणका प्रवक्ता डा भट्टराई विगतमा मनसुनका कारण भएका क्षतिहरुको विश्लेषण गर्दै आगामी दिनमा मनसुन पूर्वानुमान र सम्भावित मनसुनजन्य विपद् जोखिमको आँकलन गरी मनसुनजन्य प्रतिकार्य योजना तर्जुमा गरिएको र छिटै यसलाई कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो । नेपालको पश्चिम तराई केन्द्रित वर्षा हुने र त्यसले बाढी, पहिरो र डुवानको समस्या बढाउने र विनास निम्त्याउन सक्ने विभागले अनुमान गरेको छ । विभागले प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने बताएको छ । ती क्षेत्रहरुमा बढी वर्षा हुने सम्भावना ९३४ देखि ६५ प्रतिशत० रहेको छ ।

मौसमविद् एवं डिपीनेतका प्राविधिक सल्लाहकार डा धरम उप्रेतिले विगतका वर्षहरुको तुलनामा यस वर्ष मनसुनको चाप बढी रहेकाले यसले बाढी, पहिरो, कटान, डुबानजस्ता क्षति विपद् ल्याउने हुँदा त्यसबाट सुरक्षित रहन पूर्वतयारीदेखि पूर्व सूचना प्रणालीलाई समुदायस्तरसम्म पु¥याउन जरुरी रहेको उल्लेख गर्नुभयो । नेपालमा हुने कूल वार्षिक वर्षाको करिब ८० प्रतिशत मनसुनी वर्षको रुपमा जेठदेखि असोजसम्मको चार महिनाको अवधिमा हुने हुँदा यसबाट हुने मानवीय वा भौतिक क्षतिलाई रोक्न सरकार, सरोकारवाला निकाय र सर्वसाधारणमा आवश्यक तयारी, सूचना र प्रतिकार्यसहित कार्ययोजनाको कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

डिपीनेटका कार्यवाहक अध्यक्ष डा राजु थापाले प्राकृतिक विपद्का दृष्टिले नेपाल विश्वमै उच्च जोखिमपूर्ण अवस्थामा रहेको भएपनि कानूनी प्रबन्ध र संस्थागत विकासमा अन्य देशको तुलनामा धेरै प्रगति गर्न सकेको उल्लेख गर्नुभयो । उहाँले गत वर्ष डिपीनेटले कार्यान्वयन गरेका विभिन्न छ वटा परियोजनाहरुको उपलब्धि र यस वर्षका लागि प्रस्तावित कार्ययोजनाका बारेमा प्रकाश पार्नुभएको थियो । डिपीनेटका महासचिव कैलास रिजालका अनुसार हाल डिपीनेटमा विपद्का क्षेत्रमा कार्यरत सयभन्दा बढी गैरसरकारी संस्था र झण्डै तीन दर्जन अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आवद्ध रहेका छन् । रासस