८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday
Latest
पत्रकारहरूलाई संसदीय समितिको बैठकमा रोक लगाउनुपर्छः एमाले सांसद पन्त वैभव सूर्यवंशीः छोराको क्रिकेट सपना पूरा गर्न बुबाले आफ्नो कृषियोग्य जग्गा बेचे शिक्षकको विरोध र्‍यालीका कारण यात्रुलाई सास्ती चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत् ‘ऊनको स्वीटर’का कलाकारहरू परीक्षा र एलेक्सको पात्र परिचय बूढानीलकण्ठमा झाडीभित्र पुरुषको शव फेला शिक्षक आन्दोलन: पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्‍यो: युक्रेन आगामी बजेटमा मन्त्रालयअन्तर्गत नयाँ योजना थप्ने स्थिति शुन्य जस्तै छः पर्यटनसचिव सिंह ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नरेठाँटी बजारमा बाढी पस्दा ३५ घर जोखिममा



अ+ अ-

गलकोट । बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका–२ नकटेखोलाको बाढी नरेठाँटी बजारमा पस्दा ३५ घर उच्च जोखिममा परेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

हिजो साँझदेखि रातभर परेको भीषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको उहाँको भनाइ थियो । बाढीको त्रासले स्थानीयवासी रातभर जागराम बसेका थिए । नकटेखोलाको कटानले तटीय क्षेत्रका घरसमेत जोखिममा परेको थियो ।

“नरेठाँटी बजार नै बाढीको जोखिममा छ, हिजो साँझदेखि परेको भारी वर्षाले नकटेखोलामा बाढी आयो, यसले यहाँका थुप्रै घर जोखिममा परेका छन्, जसमध्ये उच्च जोखिममा रहेको दुई घरपरिवारलाई सुरक्षित स्थानमा सारेका छौँ, अन्य ४३ घर जोखिममा छ” वडाध्यक्ष भण्डारीले भन्नुभयो “अन्य जोखिममा रहेका घरपारिवारलाई पनि सार्नुपर्ने देखिन्छ ।”

बाढीले महेन्द्र माविको खेल मैदान पुरिएको र विद्यालय समेत जोखिममा परेको छ । रातभर स्थानीयवासीको प्रयास र उपकरण प्रयोग गरी बाढी तर्काउने प्रयास गरिएको थियो अन्यथा बजारनै डुवानमा पर्ने खतरा रहेको वडाध्यक्ष भण्डारीले रबताउनुभयो । नरेठाँटी बजारमाथि जसपुरमा पहिरो गएपछि आएको बाडी बजारमा पसेका कारण केही घरमा क्षति पु¥याएको थियो ।