२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालकै ठूलो डान्स रियालिटी शो कार्तिक ११ बाट शुरु



अ+ अ-

काठमाडौं । आउँदो कार्तिक ११ गते बिहीवारदेखि नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ हुने भएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा।लि।द्वारा कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.का लागि आगामी कार्तिक ११ गतेबाट ‘रियालिटी डान्स च्याम्पियन शो’ शुरु हुने भएको हो ।

उक्त मेगा शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । कार्यक्रमको मार्केटिङ कि एडभर्टाइजिङ सर्भिस प्रा।लि।ले गर्ने भएको छ । काठमाडौंको द एभरेष्ट होटलमा भएको पत्रकार सम्मेलनमा कि एडभर्टाइजिङ र कान्तिपुर टेलिभिजनबीचच सम्झौता गर्दै कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो । कार्यक्रममा कि एडभर्टाइजिङ सर्भिस प्रा।लिका अध्यक्ष रविन्द्रकुमार रिजालले यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्ष भन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइने बताउनुभयो । उहाँले दशैँपछि रियालिटी शोे शुरु हुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्ष भन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइनेछ, यो सबैका लागि हो तर पनि यो उमेर समूहका प्रतिष्पर्धीहरुलाई प्राथमिकतामा राखिएको छ, अहिले कान्तिपुर टेलिभिजन र कि एडभर्टाइजिङ सर्भिस प्रा।लि।बीच सम्झौत भएको हो, त्यसैले धेरै भन्न सकिने अवस्था छैन, हामी डान्स शो दशैँपछि शुरु गर्छौं ।’

उक्त मेगा शो प्रत्येक बिहीवार र शुक्रवार गरी हप्ताको दुई दिन बेलुकी ९ः०० बजे प्रशारण हुनेछ । डान्स च्याम्पियनका निर्णयकमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहनुभएको छ । त्यस्तै कार्यक्रम प्रश्तोताको रुपमा उमेश राई ९फुलन्देकी आमा० रहनुभएको छ । ३२ भागको यो कार्यक्रम धनराशी २५ लाख रहेको छ ।