• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

अर्थ मन्त्रालयद्वारा सेयर बजार सुधारका लागि ४ सदस्यीय सुझाव समिति गठन



काठमाडौं । अर्थमन्त्रालयले सेयर बजार सुधारको लागि ४ सदस्यीय सुझाव समिति बनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा ४ सदस्यीय सुझाव समिति निर्माण गरिएको हो ।

सदस्यमा बोर्ड, मन्त्रालय र राष्ट्रबैंकबाट १/१ जना प्रतिनिधि रहने छन् ।

पछिल्लो समय लगातार सेयर बजारमा गिरावट आएपछि मन्त्रालयले समिति गठन गरेको हो ।