६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेता देशव्यापी दौडाहामा



अ+ अ-

काठमाडौं । पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव केन्द्रित कार्यक्रम थालेको छ । 

विभाजनको असर आगामी चुनावमा कम पर्न दिन तथा नेताकार्यकर्तालाई विभाजित पार्टीमा जान रोक्न एमालेले देशव्यापी कार्यक्रम सुरु गरेको हो । झापा, रूपन्देही, काठमाडौंजस्ता जिल्लामा आयोजित भेला, बैठक, प्रशिक्षणमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न थालेका छन् । युवा संघ र अन्य जनवर्गीय संगठनका पनि भेला, बैठक शुरु भएका छन् । केन्द्रीय नेताहरू देश्यव्यापी रूपमा कार्यक्रममा सहभागी हुन थालेका छन् ।

बिहीबार सुवास नेम्वाङ उदयपुरको गाईघाट, भीम रावल कैलाली हुँदै अछाम, घनश्याम भुसाल रूपन्देही, योगेश भट्टराई पर्वत, सुरेन्द्र पाण्डे चितवन, पोखरा हुँदै बाग्लुङ पुगेका छन् ।महासचिव ईश्वर पोखरेल काभ्रे पुगे। युवराज ज्ञवाली, विष्णु रिजाललगायतका नेता कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर काठमाडौं फर्किसकेका छन्। 

असोज २ गते एमाले निकट निजामती कर्मचारीले आयोजना गर्ने कार्यक्रममा ओलीले सम्बोधन गर्ने भएका छन्। धेरैजसो कार्यक्रममा एमाले नेताहरूले चुनाव लक्षित भाषण गर्न थालेका छन्। उनीहरूले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना एमालेले मात्रै गरेको र त्यो लक्ष्य पूरा गर्न एमाले नै सरकारमा जानुपर्ने धारणा राखिरहेका छन्। आगामी निर्वाचनमा एमालेकै जित हुने दाबी उनीहरूले दोहोर्‍याइरहेका छन्।  

एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीले देशभर संगठन बनाउन प्रयास गरिरहेका बेला एमालेले नेताहरूलाई देशभर परिचालन गरेर नेताकार्यकर्ता रोक्ने मात्र होइन, आगामी स्थानीय निर्वाचनका लागि वातावरण बनाउन थालेको हो। ‘एमालेलाई कसरी बलियो बनाउने भन्ने अभियानमा छौं।

बाहिर जानेजति गइसके। उनीहरूलाई हेरेर भन्दा पनि जनतालाई हेरेर संगठन गर्नुपर्छ’, उपमहासचिव विष्णु पौडेलले भने। विधान अधिवेशनको समेत तयारी गर्नुपर्ने भएकाले देशव्यापी रूपमा कार्यक्रम तय गरेको उनले बताए। एमालेले असोज १५ देखि १७ सम्म पहिलो विधान महाधिवेशन गर्ने भएको छ। महाधिवेशनमा देशभरबाट ३ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्। यो समाचार नागरिक दैनिकमा छ ।